

बाँकेमा एसपी अंगुर जिसीको प्रभावकारी कमाण्ड : अपराध नियन्त्रण र नागरिक सुरक्षामा उल्लेखनीय सुधार
नेपालगञ्ज । बाँके जिल्लाका प्रहरी प्रमुख एसपी अंगुर जिसी नेपाल प्रहरीका एक चर्चित, अनुभवी तथा दक्ष अधिकृतका रूपमा परिचित छन्। उनले बाँकेको कमाण्ड सम्हालेपछि लागूऔषध कारोबार नियन्त्रण, चोरीका घटना न्यूनीकरण तथा सवारी दुर्घटना घटाउने कार्यलाई उच्च प्राथमिकतामा राखेर प्रभावकारी रूपमा काम गरिरहेका छन्।
एसपी जिसीको नेतृत्वमा बाँके जिल्लामा सुरक्षा व्यवस्थामा उल्लेखनीय सुधार देखिएको छ। नागरिकले प्रत्यक्ष रूपमा सुरक्षा अनुभूति गर्न सक्ने गरी प्रहरी परिचालन, गस्ती सुदृढीकरण र सूचनामा आधारित कारबाहीलाई तीव्रता दिइएको छ। यसले अपराध नियन्त्रणसँगै प्रहरी–नागरिक सम्बन्धलाई पनि थप मजबुत बनाएको स्थानीयवासीको भनाइ छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) मा लामो समय सेवा गरेका एसपी जिसी दक्ष अनुसन्धान अधिकृतका रूपमा चिनिन्छन्। उनले विगतमा धेरै जटिल र गम्भीर प्रकृतिका अपराधहरूको सफल अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका छन्।
प्रहरी संगठनभित्र उच्च मनोबलका साथ काम गर्ने अधिकृतका रूपमा परिचित एसपी जिसी ‘शून्य सहनशीलता’ (Zero Tolerance) को नीतिमा अडिग रहँदै अपराधविरुद्ध कठोर तर न्यायपूर्ण ढंगले अघि बढिरहेका छन्। उनको नेतृत्वशैली, व्यावसायिक दक्षता र स्पष्ट दृष्टिकोणका कारण बाँकेमा शान्ति सुरक्षा मजबुत बन्दै गएको देखिन्छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



