

डिआइजी विनोद घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण, उत्कृष्ट कार्यसम्पादनमा जोड
संखुवासभा । नेपाल प्रहरीका डिआइजी विनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा डिआइजी घिमिरेले कार्यालयको समग्र सुरक्षा व्यवस्था, प्रशासनिक अवस्था तथा प्रहरी सेवाको प्रभावकारिताबारे जानकारी लिएका थिए।
निरीक्षण पश्चात् आयोजित संक्षिप्त निर्देशन कार्यक्रममा डिआइजी घिमिरेले कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई अनुशासन, इमान्दारिता र व्यावसायिकता कायम राख्दै जनमैत्री र परिणाममुखी सेवा प्रवाह गर्न निर्देशन दिए। उनले शान्ति–सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकको भरोसा जित्ने गरी जिम्मेवारी निर्वाह गर्नुपर्नेमा विशेष जोड दिए।
डिआइजी घिमिरेले चुनौतीपूर्ण भौगोलिक अवस्था हुँदाहुँदै पनि संखुवासभा प्रहरीबाट भइरहेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन अपेक्षा रहेको बताए।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२३ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



