पाँचौँ दिनको स्वस्थानी व्रत–कथा आज श्रद्धा र भक्तिभावका साथ मनाइँदै

काठमाडौं । आज श्री स्वस्थानी व्रत–कथाको पाँचौँ दिन परेको छ। श्री स्वस्थानी माताको कृपाले सबैको रक्षा, कल्याण र मंगल होस् भन्ने कामनासहित श्रद्धालु भक्तजनहरूले आज पनि शुद्ध चित्त र सफा सङ्कल्पका साथ व्रत, पूजा र आराधना गरेका छन्।
भक्ति र श्रद्धासाथ अर्चना गर्ने हरेक भक्तजनको मनोकाङ्क्षा पूरा गर्ने देवी स्वस्थानी माताका चार हात छन्। ती हातहरूमा चक्र, त्रिशूल, तरबार तथा कमलको फूल धारण गरिएको धार्मिक विश्वास छ, जसले शक्ति, संरक्षण, न्याय र शुद्धताको प्रतीक मानिन्छ।
स्वस्थानी व्रत–कथा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धा, नियम र संयमका साथ वाचन तथा श्रवण गर्ने परम्परा रहिआएको छ। यस व्रतले पारिवारिक सुख–शान्ति, स्वास्थ्य, समृद्धि र आध्यात्मिक उन्नति प्राप्त हुने जनविश्वास रहेको छ।
जय श्री स्वस्थानी माता।

Facebook Comments Box
TOP
151 Shares