

यी हुन् सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेर करोडौ कुम्ल्याउने भू- माफियाहरु
काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध न.पा.वडा नं.४का स्थानियहरुले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेर करोडौ कुम्ल्याउने भू- माफियाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायमा उजुरी गरेका छन्।स्थानीयका अनुसार काभ्रे पलाञ्चोक जिल्ला मेथिनकोट गा.वि.स. वडा नं.२ (हाल नमोबुद्ध न.पा.वडा नं.४) स्थित कि.नं. ३०४ को ११-११-२-० क्षेत्रफल भएको जग्गा व्यक्तिगत नाममा दर्ता गरी भू- माफियाहरुले करोडौ कुम्याएका हुन् ।
भू- माफियाहरु ठण्डिराज उपाध्याय र केदारराज उपाध्यायले परापुर्वकालदेखि गौचरण कायम भएको र २०२१ सालको नापीमा जंगल कायम भएको काभ्रे पलाञ्चोक जिल्ला मेथिनकोट गा.वि.स. वडा नं.२ (हाल नमोबुद्ध न.पा.वडा नं.४ मा पर्ने) कि.नं. ३०४ को ११-११-२-० क्षेत्रफल भएको जग्गा व्यक्तिगत नाममा दर्ता गरी प्रति आना सात लाखदेखि दश लाखसम्ममा बेच बिखन गरि करोडौ कुम्याएका हुन् ।
परापुर्व कालदेखि गाइबस्तु चराउने गौचरनको रुपमा प्रयोग हुँदै सरकारी कायम भएको उक्त जग्गा छुट जग्गाको नाममा दर्ता गरेर बेचबिखन गर्ने कार्यमा ठण्डिराज उपाध्याय, केदारराज उपाध्याय, काभ्रे पलाञ्चोक जिल्लाका मालपोत प्रमुख , नापी प्रमुख र नमोबुद्ध न.पा.वडा नं.४का वडाध्यक्ष अर्जुन बहादुर कार्कीको प्रत्यक्ष संलग्नता रहेको बताइएको छ ।
भू माफिया ठण्डिराज उपाध्याय, केदारराज उपाध्याय, काभ्रे पलाञ्चोक जिल्लाका मालपोत प्रमुख , नापी प्रमुख र नमोबुद्ध न.पा.वडा नं.४का वडाध्यक्ष अर्जुन बहादुर कार्कीले कब्जा गरेको उक्त सार्वजनिक जग्गाको संरक्षण गरि पाउँ र उक्त कार्यमा संलग्न सबैलाई कानुन बमोजिम हदै सम्मको कारवाही गरी पाउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगलायतत् सम्बन्धित निकायमा उजुरी गरेको पाइएको छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२२ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



