

हिमाली जिल्लाका विद्यालयलाई शिक्षामन्त्रीको निर्देशन: हिउँदे बिदा चाहनेले SMS मार्फत जानकारी दिनुपर्ने
काठमाडौं । शिक्षामन्त्री महाविर पुनले हिमाली जिल्लाका विद्यालय तथा स्थानीय तहलाई लक्षित गर्दै पठनपाठनको वार्षिक तालिका व्यवस्थापनबारे स्पष्ट निर्देशन दिएका छन्। मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस सार्वजनिक गर्दै पुष–माघ महिनामा हिउँदे बिदा लिएर फाल्गुनदेखि मंसिरसम्म नियमित पठनपाठन सञ्चालन गर्न चाहने विद्यालय तथा स्थानीय पालिकालाई जिल्लाको नामसहित तुरुन्तै SMS गर्न आग्रह गरेका छन्।
मन्त्री पुनका अनुसार हिउँदमा अत्यधिक चिसो, हिमपात र भौगोलिक कठिनाइका कारण पठनपाठन प्रभावित हुने हिमाली जिल्लाका विद्यालयलाई लक्षित गर्दै यो व्यवस्था प्रस्ताव गरिएको हो। उनले उक्त व्यवस्थाअन्तर्गत हिउँदे बिदा लिएपछि वर्षे बिदा भने नपाइने स्पष्ट पारेका छन्।
शिक्षामन्त्री पुनले समय, भूगोल र स्थानीय आवश्यकतालाई ध्यानमा राखेर शिक्षण–सिकाइलाई प्रभावकारी बनाउन यस्तो लचकता अपनाइएको बताएका छन्। यसले विद्यार्थीको सिकाइमा निरन्तरता कायम राख्नुका साथै स्थानीय तहलाई आफ्नै परिस्थितिअनुसार शैक्षिक क्यालेन्डर व्यवस्थापन गर्न सहज हुने उनको विश्वास छ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
२१ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



