

शेरबहादुर देउवालाई अन्तिम पटक विशेष अनुरोध
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई यो आग्रह कुनै विरोधीको आक्रोश होइन, बरु पार्टीप्रति गहिरो माया, आस्था र बफादारी राख्ने एक साधारण कार्यकर्ताको चिन्ताजन्य पुकार हो। आज हुन गइरहेको विशेष महाधिवेशनमा तपाईंको उपस्थितिले केवल एउटा कार्यक्रमको गरिमा मात्र होइन, तपाईंले जीवनभर समर्पण गरेको राजनीतिक यात्राको सम्मान जोगिनेछ।
सभापति ज्यू, विशेष महाधिवेशनमा अनुपस्थित रहनु भनेको आकाशतिर फर्केर थुकेजस्तै हुनेछ—त्यसको असर अन्ततः आफैँमाथि पर्छ। जीवनको उत्तरार्धमा आफ्नै हातले सिञ्चित, हुर्काएको राजनीतिक दल र त्यसका लाखौँ नेता–कार्यकर्ताबाट अपमानित भएर बाँच्नुको कुनै औचित्य रहँदैन। नेपाली काँग्रेस न त तपाईंको पारिवारिक बपौती हो, न त यसमा तपाईंका पितापुर्खाको कुनै विशेषाधिकारयुक्त योगदान छ। यो पार्टी लाखौँ कार्यकर्ताको रगत–पसिनाले बनेको साझा संस्था हो।
आज विशेष महाधिवेशनमा उपस्थित हुने ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको भावनालाई बेवास्ता गर्नु राजनीतिक दृष्टिले आत्मघाती कदम हुनेछ। आफ्नो ‘बालहठ’ त्यागेर उद्घाटन कार्यक्रममा सहभागी भई पानसमा बत्ती बाल्नु—यही एक कदमले तपाईंको राजनीतिक सम्मान मात्र होइन, तपाईंको परिवारजनको राजनीतिक भविष्य पनि सुरक्षित गर्न सक्छ।
अन्यथा, राजधानीमा उत्रिएका कार्यकर्ताले तपाईंलाई फेरि ‘तान्त्रिक काँग्रेस’को सभापतिको रूपमा इतिहासमा सीमित गरिदिने खतरा छ। दुई–दुई पटक पार्टी विभाजन गराएको आरोप फेरि बलियो बन्नेछ। समयक्रममा तपाईंका निर्णयहरू इतिहास बन्नेछन्—तर त्यो इतिहास आलोचनाले भरिएको हुनेछ, जसलाई आगामी काँग्रेसी पुस्ताले केवल सम्झिने मात्र होइन, धिक्कार्ने पनि सक्छ।
सभापति ज्यू, पार्टीमा मुस्किलले पुरिएको विगतको विभाजनको खाडल फेरि किन खन्न खोजिँदैछ? यदि विशेष महाधिवेशनको सम्मान मात्रै गरिदिएको भए आज मञ्चमा टाँगिएका ब्यानरहरूमा तपाईंको तस्वीर पनि गर्वका साथ झुण्डिएको हुन्थ्यो। अब अझै केही घन्टा बाँकी छ—आफूलाई सम्मान गर्ने आलोचकहरूको कुरा पनि सुन्नुहोस्, उनीहरूलाई भेट्नुहोस्।
अरौटे–भरौटेहरू संकटमा परेका बेला काँध थाप्दैनन्। उनीहरू भिरबाट खस्न लागेको गोरुलाई ‘राम–राम’ मात्रै भन्छन्, मनमनै खसेखसोस् भन्ने कामना गर्छन्। इतिहासले सधैँ साथ दिने भनेका त पार्टी र कार्यकर्ता नै हुन्।
अझै समय सकिएको छैन, सभापति ज्यू। आजको उपस्थितिले तपाईंको राजनीतिक यात्रालाई सम्मानित अन्त्यतर्फ डोर्याउन सक्छ। निर्णय तपाईंको हातमा छ—इतिहासमा कसरी सम्झिन चाहनुहुन्छ?
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
२१ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



