

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले आगामी फागुन २१ गत सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दर्ता भएका हातहतियार बुझाउन आग्रह गरेको छ।
निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार तथा खरखजानाहरु आगामी माघ १५ गतेसम्म बुझाउन आग्रह गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो।
आफूसँग भएका हतियार जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाईमा बुझाउन सम्बन्धित सबैलाई आग्रह गरिएको हो। प्रहरी इकाईमा बुझाएका हातहतियारहरू निर्वाचन सम्पन्न भएपश्चात् सम्बन्धित धनीलाई फिर्ता गरिनेछ। प्रशासनले जारी गरेको सूचनाको वर्खिलाप भए गरिएको पाइएमा कानुन बमोजिम कारबाही गरिने उहाँले बताउनुभयो।
हालसम्म दर्ता भएका ८१ हातहतियारमध्ये चालु आव २०८२९०८३ मा ७८ हातहतियार नवीकरण भएको प्रशासन कार्यालयले जनाएको छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२२ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



