

जनजागृति माविको ७५औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित जनजागृति माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव पूर्व मन्त्री तथा बागमती प्रदेश सभा सदस्य युवराज दुलालको प्रमुख आतिथ्यमा विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि दुलालले जनजागृति माध्यमिक विद्यालयले ७५ वर्षसम्म शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि आजको मुख्य आवश्यकता रहेको बताउनुभयो। उहाँले विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय विकासका लागि प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएको सांस्कृतिक नृत्य, गीत, वक्तृत्वकला तथा विविध सिर्जनात्मक प्रस्तुतिहरूले उपस्थित अभिभावक, शिक्षक तथा अतिथिहरूको मन जितेको थियो। साथै दीर्घकालीन योगदान पुर्याएका पूर्व शिक्षक, कर्मचारी तथा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।
विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागितामा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी र शिक्षा प्रेमीहरूको समेत उपस्थिति रहेको थियो।
७५ वर्षको गौरवशाली इतिहास बोकेको जनजागृति माध्यमिक विद्यालयले आगामी दिनमा अझ गुणस्तरीय र प्रतिस्पर्धी शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
२१ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



