

निवर्तमान राजधानी प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई श्रीमतीको भार
काठमाडौं : शुक्रबार मात्रै शनिबारदेखि लागुहुने गरि राजिनामा दिएका राजधानीका महानगर सुरक्षा प्रमुख राजु पाण्डे पछिल्ला दिनमा बहुविवाह प्रकरणमा फसेका छन्।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनाबमा काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाब लड्ने भन्दै काठमाडौं महानगर सुरक्षा प्रमुखबाट राजिनामा दिएका राजुनाथ पाण्डेलाई बहुपत्नी वाला काण्ड भार पर्ने देखिन्छ ।काठमाडौंका मेयर बालेन साहको निकट सम्झिने पाण्डेले केही महिना अगाडि थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालय र प्रधानमन्त्री निवास अगाडि रहेको बालुवाटार प्रहरी बिट भत्काउने प्रयास गरे पनि असफल भएका थिए।
उक्त भवन गुठी संस्थानको जग्गामा निर्माण गरिएको हो, जहाँ २०३१ सालदेखि ट्राफिक प्रहरी कार्यालय सञ्चालनमा रहेको छ। तत्कालीन प्रहरी महानिरीक्षक (आइजिपी) खड्गजित बरालले यसको उद्घाटन गरेका थिए।
तर, पछिल्लो समय पाण्डेको व्यक्तिगत जीवनले पनि ध्यान तानेको छ।उनीमाथि दुई श्रीमती राखेको अर्थात् बहुविवाहको आरोप लागेको छ। कानूनी रुपमा मुद्दा पर्नसक्ने अवस्था सिर्जना भएपछि पाण्डेले कान्छी श्रीमती गंगा पन्तसँग ‘पारपाचुकी’को नाटक रचेको बताइएको छ।पन्त हाल नेपाल प्रहरीमा एसएसपी पदमा कार्यरत रहेको बताइन्छ ।
पाण्डेले उनलाई डीआईजी बनाउने प्रयास गरे पनि तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालले बाटो रोकिदिएपछि असन्तुष्ट बनेको र त्यसकै प्रतिक्रिया स्वरूप ट्राफिक कार्यालय भत्काउने कदम चालिएको बताइन्छ।
त्यस्तै, पाण्डेकी जेठी श्रीमती लक्ष्मी थापा नबिल बैंकमा कार्यरत छिन् भने उनीतर्फका छोरा हाल अष्ट्रेलियामा अध्ययनरत छन्। राजधानी प्रशासनमा ‘बहुविवाहवाला प्रमुख’ भन्दै चर्चा चल्न थालेको छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२१ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



