

दुर्गा प्रसाईँलाई कारबाही गर्न निर्वाचन आयोगले साइबर ब्युरोमा पठायो पत्र
काठमाडौं । निर्वाचन आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि आवश्यक कानुनी कारबाही अघि बढाउन साइबर ब्युरोलाई पत्राचार गरेको छ।
प्रसाईँले आइतबार भक्तपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमार्फत नेपाली कांग्रेस नेता गगन थापा पक्षले ५२ करोड रुपैयाँ दिएर निर्वाचन आयोगबाट पार्टी मान्यता लिएको आरोप लगाएका थिए। उक्त अभिव्यक्ति निराधार र भ्रामक रहेको निष्कर्षसहित आयोगले कारबाही प्रक्रिया अघि बढाएको हो।
आइतबार बसेको आयोगको बैठकले प्रसाईँले सार्वजनिक रूपमा भ्रम फैलाउने गतिविधि गरेको ठहर गर्दै साइबर कानुनअन्तर्गत आवश्यक अनुसन्धान तथा कारबाही गर्न साइबर ब्युरोलाई औपचारिक पत्र पठाउने निर्णय गरेको आयोग स्रोतले जनाएको छ।
आयोगका एक उच्च स्रोतका अनुसार,
“दुर्गा प्रसाईँले शनिबार पत्रकार सम्मेलनमार्फत विभिन्न व्यक्तिहरू र संस्थामाथि आधारहीन आरोप लगाएको विषय आयोगको ध्यानमा आएको थियो। निर्वाचनजस्तो संवेदनशील समयमा यस्ता गैरजिम्मेवार अभिव्यक्तिले समाजमा भ्रम सिर्जना गर्ने भएकाले साइबर कानुनअनुसार कारबाहीका लागि निर्णय गरिएको हो।”
निर्वाचन आयोगले निर्वाचन प्रक्रियाको विश्वसनीयता र निष्पक्षता माथि प्रश्न उठाउने खालका झूटा आरोप सह्य नहुने स्पष्ट पार्दै यस्ता गतिविधिमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याइने चेतावनीसमेत दिएको छ।
समाज
थप सामाग्री-
आज बैशाख २३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
२१ घण्टा अगाडि
1.6kViews 459 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद…



