ऋण र क्यान्सरले थलिएकी ताजाकोटकी सुन्तला! सहानुभूति र सहयोगका लागि अपिल

हुम्ला। हुम्ला जिल्ला ताँजाकोट गाउँपालिका–४, गल्लावाडाकी ५७ वर्षीया सुन्तला जैसी क्यान्सर रोगबाट पीडित भई हाल बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मा उपचाररत हुनुहुन्छ। तर परिवारको अत्यन्तै कमजोर आर्थिक अवस्थाका कारण उपचार खर्च, बसोबास र खानपान जुटाउन कठिन भइरहेको छ।

परिवारका अनुसार करिब एक वर्षअघि सुन्तला जैसीका छोरा कृष्णलाल ढकाल लाई “विदेश पठाइदिन्छु” भनी एक दलालले करिब ८ लाख रुपैयाँ ठगी गरेको थियो। सो घटनापछि परिवार ठूलो ऋणको भारमा थलिएको थियो। ऋण तिर्न कृष्णलाल ढकाल आफ्नी श्रीमतीसहित भारतमा मजदुरी गर्दै जीवनयापन गरिरहेका छन्।

पहिल्यै ऋणको बोझमा रहेका परिवारमा आमामा क्यान्सर देखिएपछि संकट झन् गहिरो भएको छ। आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च, अस्पतालमा बस्ने र खाने खर्च जुटाउन समेत समस्या भइरहेको परिवारले बताएका छन्।

हाल बिरामी सुन्तला जैसी बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनमा उपचाररत रहनुभएको छ। बिरामीका देवर जीवन ढकाल ले देश–विदेशमा रहेका शुभेच्छुक, समाजसेवी र आफन्तसँग सहयोगको अपिल गर्दै सानो सहयोगले पनि एक आमाको ज्यान बचाउन सकिने बताएका छन्।

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१५ घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
428 Shares