राजश्व फिर्ता गरौं अभियानको आह्वान

काठमाडौं । पत्रकार राजेन्द्र बानियाँले अन्तरिम सरकारमा सहभागी भएका केही मन्त्रीहरूको नैतिकतामाथि गम्भीर प्रश्न उठाउँदै “राजश्व फिर्ता गरौं अभियान” सुरु गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
उनका अनुसार, चुनाव गराउने उद्देश्यका साथ जेन्जी आन्दोलनको भावना बोकेर अन्तरिम सरकारमा प्रवेश गरेका मन्त्रीहरूले प्रधानमन्त्री, जनता र आफ्नै विवेकलाई समेत ढाँट्दै विभिन्न राजनीतिक दलबाट निर्वाचनका लागि टिकट लिएको आरोप गम्भीर छ। यस्तो कदमले प्रधानमन्त्रीको निर्वाचन सरकारलाई अप्ठ्यारोमा पारेको र राजनीतिक आचरणमाथि गहिरो प्रश्न खडा भएको बानियाँको टिप्पणी छ।
पत्रकार बानियाँले ती मन्त्रीहरूले अन्तरिम सरकारमा रहँदा लिएको सेवा–सुविधा तथा राज्यकोषबाट प्राप्त रकम फिर्ता गरिनुपर्ने माग गरेका छन्। उनले फिर्ता गरिएको उक्त रकम जेन्जी आन्दोलनका घाइते तथा शहीद परिवारलाई हस्तान्तरण गर्नुपर्ने स्पष्ट प्रस्ताव अघि सारेका छन्।

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
२१ घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
429 Shares