

महानगर भित्रका नदी किनारमा भवन निर्माण अनुमति खुला
काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँ–बायाँ क्षेत्रमा भवन निर्माण अनुमति अब रोक्का नरहेको स्पष्ट पारेको छ । सर्वोच्च अदालतको पछिल्लो आदेशका आधारमा महानगरले यससम्बन्धी सार्वजनिक सूचना जारी गर्दै निजी जग्गामा भवन निर्माण अनुमति तथा निर्माणाधीन संरचनामा रोक नलगाइने जनाएको हो ।
महानगरपालिकाका अनुसार ०६७–धय–१००२ नम्बरको उत्प्रेषणसम्बन्धी मुद्दामा मिति २०८०÷०८÷०१ मा भएको फैसलालाई आधार मानी २०८१ साल साउन २४ गते प्रमुख स्तरीय निर्णयमार्फत नदीको नापी नक्साबाट कायम रहेको छेउदेखि दायाँ–बायाँ मन्त्रिपरिषद्बाट २०६५÷०८÷०१ मा तोकिएको मापदण्डभन्दा थप २० मिटर जग्गामा भवन निर्माण अनुमति नदिने तथा निर्माण कार्य रोक्का गर्ने निर्णय गरिएको थियो।
तर मिति २०८२/१०/०४ मा सर्वोच्च अदालतको संयुक्त इजलासले उक्त निर्णयको केही अंश उल्ट्याउँदै मन्त्रिपरिषद्बाट २०६५÷०८÷०१ मा निर्धारण गरिएको मापदण्डको अधीनमा रही मात्र कार्य गर्नुपर्ने आदेश दिएको छ । अदालतले थप २० मिटर क्षेत्रलाई स्वतः निर्माण निषेधित क्षेत्र घोषणा गर्ने र त्यसभित्र नक्सा पास रोक्ने व्यवस्था कानून र न्यायको रोहमा नमिल्ने ठहर गरेको हो ।
सर्वोच्च अदालतको आदेशअनुसार अब महानगर क्षेत्रमा नदी तथा सहायक नदीको हकमा मन्त्रिपरिषद्बाट तोकिएको मापदण्डभन्दा बाहेक थप दूरीका आधारमा निजी जग्गामा भवन निर्माण अनुमति रोक लगाउन नपर्ने स्पष्ट गरिएको छ । साथै, हाल निर्माण भइरहेको संरचनामा पनि रोक्का नराखिने महानगरले जनाएको छ ।
महानगरपालिकाले सार्वजनिक सूचनामार्फत सबै सरोकारवाला व्यक्ति, संस्था तथा निर्माण व्यवसायीलाई सर्वोच्च अदालतको आदेश र प्रचलित मापदण्डको अधीनमा रही निर्माण कार्य अगाडि बढाउन जानकारी गराएको छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२० घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



