

राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
काठमाडौं । राष्ट्रिय काष्ठमण्डप कराते प्रतियोगिता २०८२, बुधबारबाट काठमाडौंमा शुरु भएको छ । नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरले त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना गरेको प्रतियोगिताको प्रमुख अतिथि एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले उद्घाटन गर्नुभयो । प्रतियोगितामा कोशी, मधेश, वागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम गरी सातै प्रदेश तथा विभागीय टोलीहरु नेपाल आर्मी, एपीएफ र महेन्द्र पुलिस क्लबका खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा पुरुष र महिलाका विभिन्न तौल समुहमा प्रतिस्पर्धा भइरहेको कार्यक्रम संयोजक रामकुमार थारुले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने समुहलाई नगद एक लाख र दोस्रो हुने समु्हलाई ५० हजार पुरस्कार समेत प्रदान गरिने छ । प्रतियोगिता उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गरेका डोजोका खेलाडि उत्कृष्ठ खेलाडिहरु रेहान जावेद र निरुमा दोङलाई नगद २० हजार सहित सम्मान गरिएको थियो । प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



