राष्ट्रियता र स्वाधीनताको स्पष्ट भिजन बोकेको शक्तिले जित्नुपर्छ : ज्योति मगर

काठमाडौं । चर्चित गायिका तथा कलाकार ज्योति मगरले आगामी निर्वाचनमा नयाँ वा पुराना दल र अनुहारको बहसभन्दा माथि उठेर राष्ट्रियता, स्वाधीनता र दीर्घकालीन विकासको स्पष्ट भिजन बोकेको शक्तिले जित्नुपर्ने धारणा व्यक्त गरेकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो विचार सार्वजनिक गर्दै मगरले नेपाललाई कुनै पनि बाह्य शक्तिको ‘प्रयोगशाला’ बनाउन नहुनेमा कडा चेतावनी दिएकी छन्। पछिल्लो समय ‘नयाँलाई मौका दिनुपर्छ’ भन्ने नाराप्रति व्यंग्य गर्दै उनले भिजनबिनाका नाम मात्रका नयाँ अनुहारभन्दा राष्ट्रहित प्राथमिकतामा राख्ने नेतृत्व आवश्यक रहेको उल्लेख गरेकी छन्।
उनले आफ्नो स्टाटसमा विदेशी हस्तक्षेप, एमसिसी, विभिन्न अन्तर्राष्ट्रिय संस्था, गुप्तचर निकाय तथा वैचारिक एजेन्डाहरूको नाम लिँदै देशलाई घुमाउरो तरिकाले कमजोर बनाउने प्रवृत्तिप्रति आपत्ति जनाएकी छन्। “किन घुमिफिरी लामो बाटो गरेर देश बेच्नु ?” भन्दै उनले विदेशी प्रभावविरुद्ध आक्रोश व्यक्त गरेकी छन्।
ज्योति मगरले नेपाल गरिब हुनसक्ने तर कहिल्यै कसैको गुलाम नभएको गौरवशाली इतिहास बोकेको स्वतन्त्र र स्वाधीन राष्ट्र भएको स्मरण गराउँदै भिजनहीन, उत्तेजना फैलाउने र भ्रम सिर्जना गर्ने शक्तिहरूबाट सतर्क रहन आग्रह गरेकी छन्।
उनले आगामी निर्वाचनलाई नयाँ–पुराना, व्यक्ति–विशेष वा बाह्य शक्तिको प्रभावमा होइन, राष्ट्रवादी सोच र राष्ट्रिय हितको जितको रूपमा लिनुपर्ने उल्लेख गर्दै भनिन्,
“यो चुनाव नयाँ–पुराना होइन, राष्ट्रवादीले जित्नुपर्छ, राष्ट्रले जित्नुपर्छ।”
ज्योति मगरको यो धारणा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको छ भने धेरैले उनको स्पष्ट र निर्भीक अभिव्यक्तिको समर्थन गरेका छन्।

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
२१ घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
359 Shares