निर्वाचनको संघारमा आन्तरिक आक्षेपले लोकतान्त्रिक शक्ति कमजोर बनाउने चेतावनी

काठमाडौं। लामो समयदेखि नेपाली काँग्रेसलाई व्यक्तिगत स्वार्थको माध्यम बनाउँदै आएका केही स्वनामधारी नेतामाथि अनावश्यक आक्षेप र आलोचना नगर्नुपर्ने आवाज उठेको छ। एक लोकतन्त्रवादी विचारकले यस्तो आलोचनालाई “आकाशतिर फर्केर थुक्नुसरह” भन्दै त्यसले अन्ततः आफ्नै राजनीतिक आन्दोलनलाई क्षति पुर्‍याउने चेतावनी दिएका छन्।
उनका अनुसार, अवसरवाद र स्वार्थ केन्द्रित प्रवृत्ति समयसँगै आफैँ उजागर हुने भएकाले त्यसप्रति निरन्तर घोचपेच गर्नु आवश्यक छैन। “रछ्यान देखिसकेपछि आफैँ नाक थुनेर तर्केर हिँड्नुपर्छ,” भन्दै उनले नकारात्मक प्रवृत्तिलाई समयले नै छान्ने तर्क प्रस्तुत गरेका छन्।
उनले ती प्रवृत्तिहरूले तत्काल दुर्गन्ध फैलाए पनि दीर्घकालमा त्यो नै ‘अर्गानिक मल’ बनेर लोकतन्त्रलाई बलियो बनाउने प्रक्रियाको अंश हुन सक्ने टिप्पणी गरे। “लोकतन्त्रवादीहरूले यस्ता विषयलाई पनि परिपक्व ढंगले बुझ्न जरुरी छ,” उनले भने।
विशेषगरी निर्वाचनको मुखमा आन्तरिक आरोप–प्रत्यारोपले लोकतान्त्रिक पार्टीहरूकै हार निम्त्याउने खतरा रहेको भन्दै उनले सबै पक्षलाई संयम र चेतनाको आवश्यकता रहेको बताए। “कोही कसैमाथि गरिएको अनावश्यक प्रहार अन्ततः लोकतान्त्रिक शक्तिकै क्षति हुन्छ,” उनले स्पष्ट पारे।
उनको यो अभिव्यक्तिलाई आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीभित्रको एकता, सहिष्णुता र दीर्घकालीन सोच आवश्यक रहेको सन्देशका रूपमा हेरिएको छ।

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
२२ घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
321 Shares