

आगामी चुनावमा कांग्रेस संसद्को पहिलो पार्टी बन्छ : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस संसद्को पहिलो पार्टी बन्ने दाबी गरेका छन्।
आफ्नै सम्पर्क कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कोइरालाले पछिल्लो समय सामाजिक सञ्जालमा नयाँ दलहरूको प्रचार तीव्र भए पनि नेपाली कांग्रेसले जनमत नगुमाएको स्पष्ट पारे।
उनका अनुसार आगामी निर्वाचन कांग्रेसका लागि आफ्नो वास्तविक सामर्थ्य परीक्षण गर्ने महत्वपूर्ण अवसर हो। त्यसैले आन्तरिक विवादलाई थन्क्याएर पार्टीका सबै नेता–कार्यकर्ताले चुनावी परिणाम केन्द्रित भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
‘कांग्रेस अबको चुनावबाट पनि संसद्को पहिलो पार्टी बन्छ। सामाजिक सञ्जालमा प्रचार फरक ढंगले भए पनि कांग्रेसको जनआधार कमजोर भएको छैन,’ कोइरालाले भने।
उनले सबै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार रहने भएकाले समानुपातिकतर्फको मत उल्लेखनीय रूपमा बढ्ने दाबी गरे। साथै, सबै पार्टीहरू एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा उत्रिने भएकाले प्रत्यक्षतर्फका सिट पनि घट्नेभन्दा बढ्ने विश्वास व्यक्त गरे।
‘सबै दल एक्लाएक्लै चुनाव लड्ने अवस्था भएकाले प्रत्यक्षतर्फ पनि कांग्रेसको सिट संख्या बढ्छ, घट्दैन,’ उनले स्पष्ट पारे
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
२२ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



