

प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीद्वारा सिद्धार्थ बालगृहमा भोजनदान तथा खाद्यान्न वितरण
रुपन्देही । नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाडौँको आयोजना तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका–८, बसडिलवामा अवस्थित सिद्धार्थ बालगृहमा भोजनदान तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती नविना खत्री कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बालगृहमा आश्रित बालबालिकालाई भोजन गराउनुका साथै आवश्यक खाद्यान्न सामग्री वितरण गरिएको थियो।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशकी अध्यक्ष श्रीमती पूजा खत्री, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाही, सिद्धार्थ बालगृह अनाथ आश्रमका सञ्चालक कृष्णमाया गुरुङलगायत स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रीमती कार्कीले समाजका असहाय तथा अनाथ बालबालिकाको संरक्षण, शिक्षा र स्वास्थ्यमा सहयोग गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
स्थानीय स्तरमा सामाजिक सद्भाव र सहयोगको भावना अभिवृद्धि गर्ने उद्देश्यले सम्पन्न यस कार्यक्रमप्रति बालगृह परिवार तथा स्थानीय समुदायले नेपाल प्रहरी श्रीमती संघप्रति आभार व्यक्त गरेका छन्।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२२ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



