

प्रहरी संगठनमा ऐतिहासिक निर्णय : आईजीपी दानबहादुर कार्कीको पहलमा नेपाल प्रहरीको राशन स्केल वृद्धि
काठमाडौं । प्रहरी संगठनका सम्पूर्ण प्रहरी कर्मचारीका लागि ऐतिहासिक तथा मनोबल बढाउने निर्णय भएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको निरन्तर पहल र नेतृत्वदायी भूमिकापछि नेपाल प्रहरीको राशन स्केल वृद्धि गर्ने निर्णय सरकारले गरेको छ।
गत माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार अब नेपाल प्रहरीले आगामी फागुन १ गतेदेखि अन्य सुरक्षा निकाय सरहको राशन सुविधा पाउने भएको छ। यो निर्णयले लामो समयदेखि नेपाल प्रहरीमा रहँदै आएको असमानता अन्त्य गरेको छ।
आईजीपी दानबहादुर कार्कीले गत कार्तिक २७ गते दर्ज्यानी चिन्ह लगाउने समारोहमा व्यक्त गर्नुभएको प्रतिबद्धता मन्त्रिपरिषद्को निर्णयमार्फत व्यवहारमा परिणत भएको हो। प्रहरी संगठनभित्र लामो समयदेखि अन्य सुरक्षा निकायको तुलनामा राशन स्केलमा विभेद भइरहेको भन्दै त्यसको अन्त्यका लागि आईजीपी कार्की नियुक्ति भएदेखि नै निरन्तर पहलरत रहँदै आउनुभएको थियो।
आजको निर्णयलाई प्रहरी कर्मचारीको मनोबल अभिवृद्धि गर्ने, संगठनको पेशागत विकास सुनिश्चित गर्ने तथा सम्पूर्ण सुरक्षा निकायबीच समानता कायम गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
आईजीपी दानबहादुर कार्की प्रहरी महानिरीक्षकमा नियुक्ति भएयता नेपाल प्रहरीभित्र सेवा प्रवाह सुधार, कर्मचारी हित र संगठन सुदृढीकरणका लागि विभिन्न सुधारात्मक कार्यक्रमहरू अघि बढाइरहनुभएको छ। प्रहरी संगठनको क्षमता अभिवृद्धि र कर्मचारीहरूको आत्मसम्मान मजबुत बनाउने उहाँको सक्रियता प्रशंसनीय मानिएको छ।
यस ऐतिहासिक निर्णयका लागि प्रहरी संगठनभित्र खुसीको माहोल देखिएको छ भने सम्पूर्ण प्रहरी कर्मचारीहरूले आईजीपी कार्कीप्रति आभार व्यक्त गरेका छन्।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२० घण्टा अगाडि
1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



