

इन्टर मिलानको अफिसियल पेजमा नेपाली गीत : आईजीपी दानबहादुर कार्कीको सिर्जना विश्वमञ्चमा चर्चामा
काठमाडौं । युरोपकै प्रतिष्ठित फुटबल क्लब इन्टर मिलानको आधिकारिक फेसबुक पेजमा हाल एक असाधारण दृश्यले नेपाली दर्शकको ध्यान तानेको छ। विश्वप्रसिद्ध क्लबले नेपाली भाषामा क्याप्सन लेख्दै पृष्ठभूमिमा नेपाली गीत प्रयोग गरेपछि यो सामग्री सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको छ।
झनै रोचक संयोग त के भने, इन्टर मिलानले प्रयोग गरेको उक्त गीत नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले रचना गरेको हो।
गीत हो— “आँखा झिमझिम भो…”।
गज्जब टिभी युट्युब च्यानलमार्फत करिब ७ महिना अघि सार्वजनिक गरिएको यस गीतमा सदीक्षा कट्टेल र समीर खरेलको स्वर रहेको छ भने बसन्त सापकोटाको संगीतले गीतलाई अझै मधुर बनाएको छ। गीतको म्युजिक भिडियोमा कविता नेपाली र सुनिल क्षेत्री फिचर्ड छन्।
इन्टर मिलानको अफिसियल फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा उक्त गीतको एक पंक्ति पृष्ठभूमिमा बजाइएको छ भने क्याप्सनमा नेपाली भाषामै लेखिएको छ—
“सबैभन्दा महान : रोनाल्डो द फेनोमेनन।”
साथै, “नेपालबाट थप सामग्रीका लागि हामीलाई पछ्याउनुहोस्” भन्ने सन्देश पनि समेटिएको छ।
भिडियो भने करिब तीन दशक पुरानो हो। सन् १९९७–९८ सिजनमा इन्टर मिलानले यूईएफए कप जित्दाको ऐतिहासिक क्षण समेटिएको उक्त फुटेजमा ब्राजिलका महान फुटबलर रोनाल्डो (Ronaldo Nazário) टोलीका प्रमुख स्टार थिए।
विश्वचर्चित क्लबको पोस्टमा नेपाली गीत सुन्न पाउँदा नेपाली समर्थकहरू उत्साहित देखिएका छन्। सामाजिक सञ्जालमा थुप्रै नेपाली प्रयोगकर्ताले प्रतिक्रिया दिँदै इन्टर मिलानप्रति आभार व्यक्त गरेका छन्।
एक प्रयोगकर्ताले लेखेका छन्,
“नेपाली गीत सुनाइदिनुभयो, धन्यवाद इन्टर मिलान।”
कतिपयले रमाइलो ठट्यौली शैलीमा प्रतिक्रिया जनाउँदै भनेका छन्—
“इन्टर मिलानको एडमिन नेपाली नै हो कि क्या हो ?”
धेरैले भने यसलाई सुखद् आश्चर्यको रूपमा लिँदै लेखेका छन्—
“फेक होला जस्तो लागेको थियो, तर पेज हेर्दा त रियल नै रहेछ।”
नेपाली गीत, नेपाली भाषा र नेपाली सर्जकको सिर्जना विश्व फुटबलको मञ्चमा बज्नु केवल संयोग मात्र होइन, यो नेपाली कला र सर्जनशीलताको अन्तर्राष्ट्रिय पहिचानको सुन्दर उदाहरण बनेको छ।
आईजीपी दानबहादुर कार्कीको कलात्मक पक्ष यसरी विश्वप्रसिद्ध क्लबमार्फत उजागर हुनु नेपाली सांस्कृतिक इतिहासकै लागि गर्वको क्षण बनेको छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२१ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



