

“खतरा छ भने ढुक्क भएर भन्नुस्” झापामा चुनावी सुरक्षा हाइ अलर्ट, विगतका हिंसात्मक पात्र फेरि मैदानमा?
झापा, दमक ।
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा झापा जिल्लामा सुरक्षा चासो तीव्र रूपमा बढेको छ। राजनीतिक दलका उम्मेदवारहरूले आफ्नै ज्यानमाथि खतरा रहेको गुनासो गरेपछि जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख एसपी बसुन्धरा खड्का स्वयं सक्रिय रूपमा मैदानमा उत्रिएकी छन्।
दमकमा आयोजित सर्वदलीय छलफलमा उम्मेदवारहरूले गम्भीर आरोप लगाउँदै भने“हिजो घर जलाउने, सरकारी कार्यालयमा आगजनी गर्नेहरू नै आज चुनावी अभियानमा खुलेआम हिँडिरहेका छन्।”यस अभिव्यक्तिपछि बैठकस्थलमा एकाएक सन्नाटा छाएको थियो।
छलफलमा सहभागी विभिन्न दलका प्रतिनिधिहरूले नाम नखुलाए पनि विगतमा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरू अहिले राजनीतिक आवरणमा गाउँ–गाउँमा सक्रिय भएको दाबी गरेका छन्।
एक उम्मेदवारले बैठकमा भनेको स्रोतले जनाएको छ—
“हामी जनताको घरदैलोमा पुगिरहेका छौँ, तर सुरक्षा सुनिश्चित नहुँदा जोखिम बढेको छ।”सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण टिप्पणी र संकेतहरू बढ्दै गएको भन्दै उम्मेदवारहरूले प्रहरीसमक्ष ठोस सुरक्षा ग्यारेन्टीको माग गरेका थिए।
एसपी खड्का भन्छिन् : ‘डर होइन, सूचना चाहिन्छ’
सर्वदलीय छलफलमा एसपी बसुन्धरा खड्काले कडा शब्दमा स्पष्ट बताइन।“कसैलाई व्यक्तिगत वा समूहगत सुरक्षा खतरा छ भने ढुक्क भएर जानकारी दिनुस्। गोपनीयता पूर्ण रूपमा कायम गरिन्छ।”
उनले थप भनिन्—
“निर्वाचन लोकतन्त्रको उत्सव हो। डरको वातावरणमा चुनाव हुन दिइँदैन। सुरक्षा व्यवस्थामा कुनै पनि कमजोरी हुन दिइने छैन।”
एसपी खड्काका अनुसार जिल्लाभर विशेष प्रहरी टोली परिचालन, संवेदनशील क्षेत्र पहिचान, निरन्तर गस्ती र खुफिया सूचना संकलन तीव्र बनाइएको छ।यसैगरी चुनाव नजिकिँदै जाँदा अनलाइन धम्की र भड्काउ सामग्री बढेको प्रहरीको निष्कर्ष छ भने केही उम्मेदवारले धम्कीसम्बन्धी औपचारिक उजुरी समेत दर्ता गराइसकेका छन्।
प्रहरी स्रोतका अनुसार—
“डिजिटल निगरानीलाई गम्भीरतापूर्वक लिइएको छ। अनलाइन धम्कीलाई अब हल्का रूपमा लिइँदैन।”
यसैबीच दमक, भद्रपुर, बिर्तामोडलगायत प्रमुख क्षेत्रमा मोटरसाइकल गस्ती, सादा पोशाकका सुरक्षाकर्मी, तथा आकस्मिक चेकजाँच उल्लेख्य रूपमा बढाइएको छ।
निर्वाचन क्षेत्र नं. ५ — उच्च संवेदनशील सूचीमा
एसपी खड्काले निर्वाचन क्षेत्र नं. ५ लाई विशेष निगरानीमा राखिएको क्षेत्रका रूपमा चिनाउँदै त्यहाँ अतिरिक्त सुरक्षा बल परिचालन गरिएको जानकारी दिइन्।
विगतमा देखिएको तनाव र हालको चर्को राजनीतिक प्रतिस्पर्धाका कारण यो क्षेत्र उच्च जोखिममा रहेको प्रहरीको मूल्याङ्कन छ।
“स्थानीय तह, प्रशासन र सुरक्षाकर्मीबीच सूचना आदान–प्रदानलाई तीव्र बनाइएको छ,” खड्काले भनिन्।‘प्रहरी मात्र होइन, सबैको जिम्मेवारी’शान्तिपूर्ण निर्वाचनका लागि प्रहरी मात्र पर्याप्त नहुने भन्दै एसपी खड्काले सबै दल, उम्मेदवार, कार्यकर्ता र नागरिकलाई संयमित भूमिका खेल्न आग्रह गरिन्।
“उत्तेजक भाषण, अफवाह र भड्काउ प्रचारले वातावरण बिगार्छ। लोकतन्त्रमा जिम्मेवारी सबैको साझा दायित्व हो,” उनले चेतावनी दिइन्।
दलहरूको स्पष्ट माग: ‘आश्वासन होइन, देखिने सुरक्षा’
राजनीतिक दलहरूले सुरक्षा प्रतिबद्धतालाई स्वागत गरे पनि कागजमा होइन, व्यवहारमा देखिने सुरक्षा आवश्यक रहेको बताएका छन्।
कतिपयले उम्मेदवारसँगै सादा पोशाकका सुरक्षाकर्मी परिचालन गर्नुपर्ने सुझावसमेत दिएका छन्।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२० घण्टा अगाडि
1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



