

होसियार ! सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बनौँ
काठमाडौँ । पछिल्लो समय विशेषगरी युवा पुस्ता सामाजिक सञ्जालमा अत्यधिक सक्रिय देखिएको छ । निर्वाचनको पूर्वसन्ध्यामा सामाजिक सञ्जालको प्रयोग झनै बढिरहेको सन्दर्भमा नेपाल प्रहरीले जिम्मेवार र सचेत भएर प्रयोग गर्न सबैलाई आग्रह गरेको छ ।
संवेदनशील समयमा क्षणिक आवेगमा आएर अरूलाई गालीगलौज गर्ने, मित्थ्या सूचना सेअर वा पोस्ट गर्ने तथा जानी–नजानी कसैको व्यक्तिगत चरित्रहत्या गर्ने कार्य कानुनविपरीत हुने प्रहरीले स्पष्ट पारेको छ । यस्ता सामग्री सामाजिक सञ्जालमा राखिएमा कानुनी कारबाहीमा पर्न सकिने चेतावनी दिइएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब उपरीक्षक अविनारायण काफ्लेले सामाजिक सञ्जालको उच्च निगरानी भइरहेको जानकारी दिए । उनका अनुसार सामाजिक सञ्जालको दुरुपयोग रोक्न विशेष टोली बनाएर अनुगमन गरिँदै आएको छ भने प्रहरीको साइबर ब्यूरोले समेत सूक्ष्म निगरानी गरिरहेको छ ।
उनले सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन माध्यममार्फत गलत सूचना र भ्रम फैलाउने, जातीय, धार्मिक, सामाजिक तथा साम्प्रदायिक सद्भाव बिगार्ने, अरूको चरित्रहत्या गर्ने तथा शान्ति सुरक्षामा असर पार्ने सामग्री उत्पादन वा सेअर गर्नु अपराध भएको स्पष्ट गरे ।
प्रहरीले कुनै पनि घटना, अभिव्यक्ति, तस्बिर वा भिडियोलाई झुटो, गलत वा भ्रमपूर्ण रूपमा काटछाँट गरी अफवाह फैलाउने उद्देश्यले प्रयोग नगर्न आग्रह गरेको छ । साथै यस्ता सामग्रीलाई प्रोत्साहन हुने गरी लाइक, सेअर वा कमेन्ट नगर्न पनि सबैलाई अनुरोध गरिएको छ ।
कानुनविपरीतका सामग्री उत्पादन, प्रचार वा समर्थन गर्नु समेत अपराध भएको उल्लेख गर्दै प्रहरीले अनलाइनमा देखिने कुनै पनि पोस्ट सेअर गर्नुअघि त्यसको सत्यता जाँच गर्न आग्रह गरेको छ ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१९ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



