

एसियन स्मार्ट एग्रो कम्पनीको विशेष साधारण सभा सम्पन्न
लहान । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष साधारण सभा शनिबार सिरहाको लहानस्थित केन्द्रीय कार्यालयमा भव्य रूपमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रवीण कुमार लामाको अध्यक्षतामा सञ्चालित उक्त सभाको समुद्घाटन पनि अध्यक्ष स्वयंले गर्नुभएको थियो । कार्यक्रमको सुरुमा सञ्चालक श्री चन्द्रमोहन श्याङ्वाले उपस्थित सम्पूर्ण सञ्चालक तथा शेयरधनी महानुभावहरूलाई स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो ।
उक्त विशेष साधारण सभाले कम्पनीको भविष्यको मार्गचित्र तय गर्न विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ । सञ्चालक समितिको प्रस्ताव बमोजिम कम्पनीको अधिकृत पुँजी वृद्धि गरी ५० करोड रुपैयाँ र जारी पुँजी ३५ करोड रुपैयाँ पुर्याउने निर्णय सर्वसम्मतिले स्वीकृत भएको छ । त्यसैगरी, शेयर पुँजी वृद्धिको आधारमा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय समेत सभाले गरेको छ ।
सभाको अन्त्यमा, विशेष साधारण सभाको माइन्यूटमा हस्ताक्षर गर्ने जिम्मेवारी संस्थाका अध्यक्ष र शेयरधनी रामपुजन रायलाई दिइएको छ । सभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण शेयरधनी र सञ्चालकहरूलाई धन्यवाद दिँदै अध्यक्ष प्रवीण कुमार लामाले कार्यक्रम समापन गर्नुभएको थियो ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
२२ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



