राष्ट्रपतिले इच्छुकलाई दसैंको टीका लगाइदिने

राष्ट्रपति विद्यादेवी भण्डारीले दसैंमा इच्छुकहरूलाई टीका लगाइदिने भएकी छन्।

असोज १९ गते बुधबार विजया दशमीका दिन राष्ट्रपतिले टीका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

अपरान्ह २ बजेदेखि ३ बजेसम्म विशिष्ट व्यक्तिहरूलाई र ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारीदिए।

राष्ट्रपति कार्यालय शितल निवासमा टीका लगाइदिने कार्यक्रम हुनेछ भने त्यहाँ जाँदा पोशाख मर्यादित लगाउनुपर्ने उल्लेख छ।

Facebook Comments Box
TOP
Shares