

खसीबोका किनबेचले सडक अस्तव्यस्त
बनेपा । बीपी राजमार्ग र अरनिको राजमार्गमा चल्ने सवारीसाधनका कारण व्यस्त हुने काभ्रेपलाञ्चोक जिल्लाको मुख्य व्यापारिक बजार बनेपाको सडक दशैँ बजारले थप अव्यवस्थित बनेको छ । बनेपामा हरेक वर्ष दशैँमा हजारौँ खसीबोका किनबेच हुने गर्छ । व्यवस्थित खसीबजारको अभावमा यस वर्ष पनि व्यापारीले सडकमै खसी किनबेच गर्न थालेका छन् । 
अघिल्ला वर्षमा जस्तै यो वर्ष पनि व्यापारीले सडकमै खसीबोका किनबेच गर्दा सडक थप अस्तव्यस्त बनेको स्थानीय कविर श्रेष्ठले बताउनुभयो । दैनिक हजारौँको सङ्ख्यामा गाउँबाट खसी ल्याएर बेच्ने व्यापारीले चारदोबाटो क्षेत्र अव्यवस्थित पारेको उहाँले बताउनुभयो ।
ट्राफिक प्रहरीलाई सडक र फुटपाथको व्यवस्थापन गर्न नै अप्ठ्यारो पारिरहेको छ । चाडपर्वको समयमा दैनिक लाखौँ रुपियाँका खसीबोका व्यापार हुने उद्योग वाणिज्य सङ्घ काभ्रेका महासचिव रवीन्द्र वैदारले बताउनुभयो । यकिन तथ्याङ्क नभए पनि ५० करोडभन्दा माथिको व्यापार हुने अनुमान रहेको उहाँले बताउनुभयो । बनेपामा खसीबजार आवश्यक परेको बताउँदै स्थानीय सरकारले त्यसको नेतृत्व लिएमा आफूहरूले समेत सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो ।
काभ्रेपलाञ्चोकसँगै छिमेकी जिल्ला रामेछाप, सिन्धुपाल्चोक, सिन्धुलीबाट हजारौँ खसीबोका सङ्कलन गरेर बनेपामा ल्याएर बिक्री गर्ने गरिएको छ । खसीबोका किन्न काठमाडौँ, ललितपुर र भक्तपुरका व्यापारी बनेपासम्म पुग्ने गर्दछन् तर सडकमै कारोबार हुँदा ज्यान नै जोखिममा परेको स्थानीय व्यापारी मनबहादुर तामाङले बताउनुभयो । बाटोसँगै व्यापार गर्नुपर्ने, पैसा चोरी हुने र दुर्घटनाको डर हुने उहाँले बताउनुभयो । धेरै पहिलेदेखि नै काभ्रेमा ल्याएर तिब्बती भेडा, च्याङ्ग्रासमेत बिक्री हुने गरे पनि सरकारले हालसम्म काभ्रेमा व्यवस्थित पशुचौपायाको बिक्री–वितरण केन्द्र खोल्न नसकेको उहाँले उल्लेख गर्नुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख राजेश सिलवालले बनेपाकै केन्द्र चारदोबाटो क्षेत्रमा सडकछेउमै खसीबोकाको बिक्री केन्द्र बनाउँदा समस्या थपिएको बताउनुभयो ।
बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले सडकमा हुने खसीबोकाको कारोबार रोक्न आफूहरूले प्रयास थालेको बताउनुभयो । यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



