

सन्दीप लामिछाने असोज २० गते नेपाल फर्किने
बलात्कार आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछाने आउँदो बिहीबार नेपाल फर्किने भएका छन्।
उनले शनिबार फेसबुकमा लेख्दै आफू असोज २० गते नेपाल फर्किने बताएका हुन्। उनले नेपालमा आएर आफूमाथि लागेको आरोपको सामना गर्ने बताएका छन्। उनले आफू निर्दोष रहेको बताउँदै आएका छन्। उनीमाथि १७ वर्षीया बालिकालाई भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको आरोप छ।
भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।
उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। लामिछानेविरूद्ध पुर्जी जारी भएपछि काठमाडौं प्रहरीले उनलाई पक्राउ गर्न विभिन्न नाकामा पत्राचार गरेको छ। यस्तै जहाजबाट नेपाल फर्किनेबित्तिकै पक्राउ गर्न भनेर अध्यागमनको कालोसूचीमा पनि राखेको छ।
सन्दीपलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै क्यानले राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो। निलम्बनको कारबाही गरे पनि क्यानले सन्दीपले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेर अर्कै होटलमा बसेकोबारे छानबिन गर्ने बताएको छ।
छानबिन कहिले र कसरी गर्ने विषय क्यानमा कुनै छलफल भने अघि बढेको छैन। घटना भएपछि प्रहरीले प्रमाण संकलन गर्ने काम पनि गरेको परिसरले जनाएको छ।
जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो। यस्तै उनी पुगेको काठमाडौंको होटलबाट सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको छ।
त्यसमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ। उनीहरू भदौ ५ गते राति ११:५५ मा होटल पसेको देखिएको छ। त्यहाँ उनीहरू कोठा नम्बर ३०५ मा बसेको परिसरले जानकारी दिएको छ।सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको छ। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन्। त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२१ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



