

त्रिचालीस वर्षपछि घुम्यो रोटेपिङ
एक, दुई, पाँच, १०, २० हैन ४३ वर्षपछि दशैँमा रोटेपिङ हालिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं। १० मकैटारमा ४३ वर्षपछि रोटेपिङ हालिएपछि स्थानीयले बल्ल दशैँ आएको भन्दै खुसी साटासाट गरेका छन् ।यसअघि विक्रम संवत् २०३६ को दशैँमा रोटेपिङ हालेपछि सो कार्य रोकिएको थियो । त्यतिबेला स्थानीय वीरबहादुर खत्रीले रोटेपिङ हाल्ने नेतृत्व गर्थे । उनको निधन भएपछि रोटेपिङ हाल्न रोकिएको राजेन्द्र कुँवरले स्मरण गरे ।
उनका अनुसार हरेक वर्ष रोटेपिङ हाल्ने कुरा गरिन्थ्यो तर व्यवहारमा ल्याउन सकिएको थिएन । उनले भने “अहिले बनेपछि आफ्नो पुस्ताले रोटेपिङ कसरी बन्छ भन्ने कुरा नजिकबाट हेर्न पाएको छ ।”रुख काट्ने, चिरान गर्ने र रोटेपिङ हाल्ने काम पाँच दिनमा पूरा भएको उनले बताए । त्यतिबेला बुवा, हजुरबुवाले रोटेपिङ बनाएको हेरेर त्यसलाई स्मरण गर्दै रोटेपिङ बनाउन सफल भएको बताए । स्थानीय साधनकै प्रयोग गरेर बनाइएको रोटेपिङको जनश्रमदानबाहेक २० हजार रुपियाँ खर्च भएको र त्यसको जोहो स्थानीयस्तरबाटै गरेको उनले बताए । यो समाचार गोरखापत्र दैनिकामा छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



