

दसैँ गाउँमै रमाइलो : घर फर्कनेको लर्को
रोजगारी, बसाइसराइ तथा बढ्दो शहरीकरणका कारण अहिले धेरै गाउँ उजाडिएका छन् । गाउँका प्रायः घरमा झार पलाएका छन् भने परिवार भएको घरमा समेत बुढाबुढी मात्रै देखिन्छन् । दश वर्ष अघि बागलुङ नगरपालिका–८ स्थित मैनाकली कार्कीको परिवार गाउँमै ठूलो थियो ।एघार जनाको परिवार रहेको उनका श्रीमान् मृत्यु भयो । छोरा छोरी र नातनातीना बजार झरेपछि उनी एक्लै छिन् । उनी मात्रै हैन अहिले सोही गाउँका अधिकांश घरमा बुढाबुढी मात्रै छन् । तर उक्त गाउँको खुशी दसैँसंगै फर्किएको छ । अहिले गाउँमा दसैँको रमझमले कार्कीसहित अन्य गाउँले औधी खुशी भएका छन् । दसैँ शुरु भएपछि मैनाकुमारी कार्की जस्तै बुढाबुढीको खुशी फर्केको छ । दसैँआएपछि घर लिप पोत गरेर चिटिक्क बनाइको छ भने परिवार दसैँमान्न घरमा आउने क्रम जारी रहेको छ ।
“जागिर, व्यवसाय तथा अध्ययनका कारण म बाहेक घरमा कोही छैन, कोही विदेश गएका छन् भने केही बागलुङ सदरमुकाममा छन्” मैनाले भनिन् “तर दसैँ तिहार आएपछि विदेश गएका समेत आए भने बजारमा बस्दै आएका छोरा नाती सबै आउदा मनमा दसैं आएको आभाष भएको छ, एक्लै बस्दा न्यास्रो लाग्ने मलाई दसैँले गर्दा खुशी फर्किएको छ ।”
यस्तै हर्कबहादुर जिसीले दशैंमा कोसेलीका रुपमा बारीमा पसाएका दुई घारी केरा पकाउनलाई राखेका छन् । उनले गाउँमा दसैँ आएका परिवारलाई खुवाउनका लागि केरा पकाउन राखेको बताए ।
गाउँमा अहिले युवा पुस्ता पाइनै छाडेपछि लिङ्गे पिङ र चर्खे पिङ देखिनै छाडेको भएपनि गाउँ फर्कर्नेको संख्यामा बृद्धि भएको छ ।
झार उम्रेका घर आगन समेत सरसफाइ गरेर चिटिक्क परेका छन् भने बाटो घाटो र चौतारी पोखरी सरसफाई गरिएको छ । “दसैँमा छोरा नाती आउने भएपछि बारीका केरा पकाउन राखे, घर लिप पोत गरेर चिटिक्क छ” उनले भने, “एक वर्ष सम्म बुढाबुढी मात्रै बस्दै वित्छ दशै तिहारमा त छोरा बुहारी र नातनातीना संग बस्न पाइन्छ, त्यस्तै छ अहिलेको दसैँ।”
बसाइसराइले बन्द रहेको घरमा समेत अहिले दसैँ मनाउन फर्केकाले सरसफाइ गरेर चिटिक्क बनाएका छन् । अघि पछि गाउँको खुशी नै लुटिएपनि दसैँ आउदा भने गाउँको मुहारै फेरिने गरेको स्थानीय छमकली कुँवरले बताए । उनले बढ्दो शहरीकरणका कारण र बसाइ सराइका कारण गाउँहरु बिस्तारै उजाडिदै गएको बताए ।
“अघिपछि गाउँ शून्य हुन्छ, मर्दा पर्दा समेत समस्या छ, तर दसैँ आएपछि गाउँ मात्रै भरिँदैन गाउँको खुशी नै फर्कन्छ” उनले भने “गाउँ भरिभराउ हुन्छ, एक वर्षमा भएपनि दशैंको टीका गाउँमै लगाउने जनाउँदै बजारमा घर भएकाहरु समेत गाउँ फर्कन्छन्, अघि पछि शून्य गाउँ दसैँ आएपछि चहल पहल हुन्छ ।”
उनका अनुसार गाउँमा मानिसको भीडभाड र परिवारका सबै मानिस जम्मा भएपछि हुँने रमाइलोले दशैंको महत्वलाई झल्काउने गरेको छ ।
नेपालीको मुख्य चाडपर्वका रुपमा रहेको दसैँ, शुभ दीपावली, छठ तथा नेपालसम्बत मनाउन घर फर्कनेको लर्को र किनमेलका लागि बागलुङ बजारमा चहल पहल छाएको व्यपारीहरुले बताएका छन् । गाउँ जाने यातयातका साधनहरुले धमाधम गाउँमा यात्रु ओसारीरहेका छन् ।
दसैँमा घर रातोमाटो, पहेँलोमाटो र कमेरोले लिप पोत गर्ने, विग्रे भत्केको मर्मत गर्ने, आगन तथा बाटो घाटो सरसफाइ गर्ने प्रचलनले दसैँमा खोसिएको गाउँको खुशी फर्कन्छ ।रासस
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



