

निर्विरोध हुन मनाङ्गेको प्रयास, उमेदवारी परे धम्क्याउन ‘एसम्यान’ परिचालन, प्रहरी प्रशासन हाईअलर्टमा
काठमाडौं असोज १७ । गुण्डागर्दीमा कुख्याती कमाएका दिपक मनाङ्गे भनिने राजिव गुरुड नेपाली काँग्रेसले आफूलाई स्वतन्त्र उमेदवारका रुपमा समर्थन गर्ने निर्णय गरेपछि थप हौसिएका छन् । नेपाली काँग्रेस, मनाङ्गले जिल्लाको ‘ख’ प्रदेशमा स्वतन्त्र उमेदवारका रुपमा खडा हुने राजिव गुरुङ्गलाइ समर्थन गर्ने निर्णय सिफारिस केन्द्रमा पठाएको छ ।
त्यसो त चतुर मनाङ्गेले एमालेसँग पनि भित्री तालमेल गरेको खुलासा भएको छ । काँग्रेसले सिफारिस गरे लगत्तै मनाङ्गे एमालेका जिल्लाका प्रभावशाली नेताहरुसँग बसेर काँग्रेससँग गरेजस्तै प्रतिवद्धता एमालेलाई पनि जनाउँदै आफूलाई समर्थन गर्न प्रस्ताव गरेको खुलासा भएको छ । तर, एमाले मनाङ्गले भने मनाङ्गेलाइ समर्थन गर्ने या आफ्ना तर्फबाट उमेदवार उठाउने भन्ने बारेमा अहिलेसम्म मुख खोलीसकेको छैन ।
आफू कुनै पनि पार्टीको चुनाव चिन्हमा भने नलड्ने उसको अडान थियो । ‘मलाई काँग्रेसले पनि रुख चुनाव चिह्न लिएर लड्न भनेको थियो, तर म न काँग्रेस न एमाले कसैको पनि चुनाव चिह्न लिएर लड्दिन । स्वतन्त्र रुपमै खडा हुन्छु ।’ मनाङ्गेले दुबै हातमा लड्डु भनेजस्तै दुबै ठूला पार्टीलाई प्रलोभनमा पारेको मनाङ्गवासीको बुझाइँ छ ।
खासगरी मनाङ्गमा दुई ठूला पार्टी एमाले र काँग्रेसको मात्र प्रभाव भएकाले तीनै दुई पार्टीका नेतालाई ‘भुलभुलैया’मा पार्न खोजीरहेको देखिन्छ मनाङगेले।
तर, दुबै पार्टीका नेतासँग फरक-फरक वार्तामा पनि मनाङ्गेले आफू कुनै पक्षसँग चुनावी प्रचारका क्रममा खुला समर्थनमा नहिँड्ने बताइरहेका छन् । स्वतन्त्र उमेदवारको हैसियतमा रहँदा भविष्यमा कुनै पनि दलको ह्वीप नलाग्ने र आचारसंहिता पनि पालना गर्नु नपर्ने बुझेका दिपक मनाङ्गे यस पटक पनि स्वतन्त्र उमेदवारकै हैसियतमा चुनाव जित्न मात्र होइन, सकेसम्म निर्विरोध हुन चाहिरहेका छन् ।
यता, काँग्रेसबाट दिपक मनाड्गेलाई स्वतन्त्र उमेदवारका रुपमा सघाउने निर्णय भएको बारे जिल्लाका केही काँग्रेसी युवाहरु असन्तुष्ट बनेका छन् । पार्टीभित्र छलफल नगरी एकतर्फी निर्णय गरेको भन्दै पार्टीको टिकट नपाए पनि स्वतन्त्ररुपमा आफ्नो समूहले उमेदवारी दिने टुंगोमा काँग्रेस निकट युवाहरु समुह पुगेको छ ।
काँग्रेसले आफूलाई समर्थन जनाइसकेपछि एमालेले कोही उमेदवार अघि सारीहालेको खण्डमा त्यसलाई धम्क्याएरै भए पनि उमेदवारी दर्ता गर्न बाट रोक्नका लागि मनाङ्गेले ‘एसम्यान’ परिचालन गरिसकेको बताइन्छ । स्रोतका अनुसार अहिले जिल्लामा दिपकका गुण्डा सल्याड्गबल्याड्ग गरिरहेका छन्, पोखराबाटै पनि एमालेका स्थानीय नेतालाई फोन गरेर धम्की दिइरहेको भन्ने सुनिएको छ ।
त्यसो त, आफ्नो नोमिनेशनमा मनाङ्गेले जिल्लाका कसैलाई पनि अघि नसारेर बाहिरबाटै सहयोगीका रुपमा गुण्डा परिचालन गर्ने सोच बनाएका छन्, त्यसका लागि तयारी पुरा भइसकेको दिपक निकट सहयोगीको भनाइँ छ ।
प्रशासनले पनि मनाङ्गे एण्ड कम्पनीबाट हुन सक्ने भय, त्रासको अवस्थाप्रति आफूलाई तयार राखिसकेको छ । निर्वाचन शान्तिपूर्ण, भयरहित, स्वतन्त्र हुन्छ, त्यसका लागि सुरक्षा निकायले कुनै पनि सम्झौता गर्दैन भन्ने प्रहरी र प्रशासनले मतदातासमक्ष प्रतिवद्धता जनाइरहेको छ भने मनाङ्गमा अशान्ति हुन सक्ने तर्फ ख्याल गर्दै निर्वाचन अघि नै विशेष सुरक्षा दस्ता त्यहाँ पठाउने तयारी सुरक्षा निकायको छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



