

पीएम कप प्रदेश छनोटमा काठमाडौंको दमदार जित, ललितपुर ७९ रनले पराजित
काठमाडौं ।
पिएम कप बागमती प्रोभिन्स मिन्स वन डे प्रोभिन्स सेलेक्सन टुर्नामेन्ट अन्तर्गत भएको खेलमा काठमाडौं जिल्ला ७९ रनले विजयी हुन सफल भएको छ । अपर मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले ललितपुर जिल्लामाथि प्रभावशाली जित हासिल गरेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौं जिल्लाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८१ रनको बलियो योगफल बनायो । काठमाडौंका लागि सोनु देवकोटाले ५७ बलमा ७२ रन तथा उत्तम थापा मगरले ८२ बलमा ७१ रनको महत्वपूर्ण योगदान दिए । ललितपुरका बलर पंकज पाण्डेले २ विकेट लिए भने सदित्या बन्जाराले १ विकेट हात पारे ।
२८२ रनको लक्ष्य पछ्याएको ललितपुर जिल्ला ३५.४ ओभरमा २०२ रनमै अलआउट भयो । ललितपुरका विवेक राना मगरले ७२ बलमा ८८ रन तथा आशुतोष घिरैयाले ३९ बलमा ५१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । काठमाडौंका दयानन्द मण्डल र सोनु देवकोटाले समान ४–४ विकेट लिएर ललितपुरको ब्याटिङ लाइनअप धराशायी पारे ।
यो जितसँगै काठमाडौं जिल्ला ७९ रनले विजयी भयो । उत्कृष्ट प्रदर्शनका लागि सोनु देवकोटा ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
क्रिकेट प्रतियोगितामा काठमाडौंले ब्याटिङ र बलिङ दुवै क्षेत्रमा सन्तुलित प्रदर्शन गर्दै महत्वपूर्ण जित हात पारेको हो ।
क्रिकेट संघ काठमाडौंका सचिव किरण राणाले फाइनलसम्म आफनो टिम पुग्न सक्ने विश्वास व्यक्त गरे । काठमाडौं क्रिकेट संघलाई स्पोन्सर गरेको नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत आफूले साथ दिएको टिमले विजयी हासिल गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



