

बाढी प्रभावित बस्तीमा छैन चाडबाडको उल्लास
कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायकलाई दसैँले छोएको छैन । उहाँ भदौ ३१ गते दोदा नदीमा आएको बाढीले क्षति पु¥याएको धानबाली काट्नमा व्यस्त हुनुहुन्छ। ।
“बाढीले धान पूरै ढलाएर माटो भरियो, अहिले काटेर घाममा सुकाउँदै छौँ”, उहाँले भन्नुभयो, “बाढीले कच्ची घर ढल्ने जस्तो भइसक्यो, त्रिपालमुनि रात काट्छौँ, चाडबाड आएजस्तो लागेको छैन ।” बाढीले विस्थापित बनेका शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका १५ परिवार गाउँ नजिकैको जनजागरण सामुदायिक वनमा त्रिपालमुनि आश्रय लिएर बसेका छन् । बाढीले गर्दा यस वर्षको चाडबाड खल्लो भएको एकान्त टोलका हरिकृष्ण भट्ट बताउनुहुन्छ । “वर्षमा एक दिन आउने चाडबाड आउँदा खुसी हुनु पर्ने हो, यसपटक बाढीले चाडबाड खल्लो बनाएको छ”, उहाँले भन्नुभयो, “बाढीपछि घर फर्किनै पाएका छैनौँ, जङ्गलमा त्रिपालमुनि रात काटिरहेका छौँ ।”
घरभित्रका लत्ताकपडा, खाद्यान्न सबै बनहरा नदीमा आएको बाढीले बगाएको उहाँको भनाइ छ । “बाढीले खेत र घरभित्रको सबै बाली सखाप पा¥यो, खान–बस्नलाई समस्या छ, यसपालि इष्टमित्र कसैलाई बोलाउँदैनौँ”, उहाँ भन्नुहुन्छ, “आए भने पनि कहाँ बसाल्ने र के खुवाउने भन्ने चिन्ता छ ।”
नेपालीहरुको महत्वपूर्ण ठूलो चाड दसैँको चहलपहल सबैतिर बढेको छ । वर्षमा एक पटक आउने चाडबाडले गाउँ–सहरमा उत्साह ल्याएको छ । तर कञ्चनपुरका बाढी प्रभावित बस्तीमा भने दसैँमा सुनसान छ ।
भदौ ३१ गते बनहरा, स्याली, मछेली, दोदालगायत नदीमा आएको बाढीले कञ्चनपुरको शुक्लाफाँटा, लालझाडी, बेलौरी र पुनर्वास नगरपालिकाका पाँच सयभन्दा बढी परिवार प्रभावित भएका थिए ।
अझै बाढीको डरले गाउँमा फर्किन नसकेको एकान्त टोलका मेघु बोहरा बताउनुहुन्छ । “अझै पानी पर्ने भनिरहेका छन्, फेरि के पो हुन्छ भन्ने डरले त्यहाँ गएका छैनौँ”, उहाँले भन्नुभयो, “बिहान बेलुकाका छाक टार्न मुस्किल छ, चाडबाड कसरी मनाउने ?”
विगतका वर्षमा हर्षोल्लासका साथ चाडबाड मनाउने गरेको उहाँले बतानुभयो । यस वर्ष बाढीले पीडा दिएको छ । “पहिले त जसोतसो चाडपर्व त राम्रोसँग बनाउँथ्यौँ, अहिले मन हुँदाहुँदै पनि चाडपर्व मनाउन सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “मीठो–मसिनो पकाउने त टाढाको कुरो, बिहान बेलुकीको छाक टार्न पनि मुस्किल छ ।”राहत, क्षतिपूर्ति भन्दा पनि आफूहरुलाई सुरक्षित आवासको आवश्यकता रहेको एकान्त टोलका दुर्गा बोहराले बताउनुभयो । “सङ्घसंस्थाले दिएको खाद्यन्नले भोक मेटाउँदैछौँ, जङ्गलमा बस्न पाइँदैन भनेर सामुदायिक वनले हट्न भनेको छ, अब हामी कहाँ जाने ?”, उहाँले भन्नुभयो, “बस्नलाई सुरक्षित ठाउँको व्यवस्था हुनुपर्छ ।”रासस
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



