बडादशैंको टीकाको साइत बुधबार (भोलि)बिहान ११ः५१ बजे

काठमाडौं ।  यस वर्ष विजयादशमीको साइत बुधबार (असोज १९ गते) बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ । घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई बिहान १०ः३४ बजे विसर्जन गरी ११ः५१ को साइतमा टीका लगाउन सकिने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिले जनाएको छ ।

Facebook Comments Box
TOP
Shares