अविरलवर्षा ले दाजुभाइ टाढा

काठमाडौं  असोज २० । लगातार परेको अविरलवर्षा को कारण ठुला व्यक्ति हरुलाइ मात्रै  होइन सुरुवाती २०७९ सालको दशैमा बालबच्चाहरुलाइ भने नराम्रो प्रभाव परेको छ ।काठमाडौं को बुढानिलकण्ठ नगरपालिका ११ बस्ने रक्षा काफ्ले  काभ्रे जिल्ला चौरीदेउराली गाउँपालिका किल्पु  जानुपर्ने थियो तर अविरल  वर्षा को कारण  ले  रोकिनु पर्दा को तिथो यथार्थ बताउिछन भने उनको सहोदर भाइ  हिमाल को आफ्नै पीडा छ । वर्षा को कारण कागेश्वरीमनहरा नगरपालिका  डाँछी बस्ने आफ्नो  भाइ  स्पनदन भेट्न नपाकोमा दशै को खासै रौनक नभएको तितो अनुभव ले भावविह्वल भएको देखिन्थ्यो। विगत तीन दिनदेखि परेको अविरल वर्षा ले साना बालबालिकालाई मात्र होइन ठुलाको पनि दशै खासै राम्रो  भएन ।नवदुर्गाको प्रसाद लगाउन मान्यजनका घरमा जान चाहनेहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् ।विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएपछि टाढा टाढा आफन्तकहाँ नवदुर्गाको प्रसाद लिन गार्‍हो भएको  छ ।

चार दशकको दसैँ मनाउँदा यसरी निरन्तर वर्षा भएको अहिलेसम्म आफूले थाहा नपाएको बनेपाकी भगवती उप्रेती  बताउँछिन् । वर्षाकै कारण आफन्त कहाँ टीका लगाउन जान नपाइएको उनको गुनासो छ । यता काभ्रे माइती  भएकी सङगीता काफ्लेले पनि अविरल वर्षाको कारण आफु माइत जान नपाएको गुनासो गरीन ।यस्तै दोलखा घर भएकी राधा नेपाल भन्छिन् “यसपालि अविरल वर्षााको कारण दशै खल्लो भयो “।

राजधानीमा नजिक जान सकिए पनि राजधानी बाहिर सवारी साधन चढेर जानुपर्ने स्थानमा जान नसकिने अवस्था उत्पन्न भएको काठमाडौं कपन निवासी सङगीता काफ्ले  बताउछिन । देशका अधिकांश स्थानमा वर्षा भइरहेकाले धेरै नदीमा बाढी आइरहेको जनाइएको छ । कति नदीमा त बहाव खतराको बिन्दुमा पुगेको सूचना पनि सार्वजनिक भइरहेको छ ।वर्षाका कारण सडकमा आशीर्वाद थाप्न जानेको चहलपहल देखिँदैन । काठमाडौँ उपत्यका बाहिर गएका मानिस विजयादशमीपछि राजधानी आउने गरेकामा वर्षाले रोकिएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यून चापीय प्रभावले वर्षा भएको जनाएको छ ।हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको जनाइएको छ । विभागले आज बिहान ६ बजे मौसम पूर्वानुमानको बुलेटिन प्रकाशन गरी यस्तो जानकारी गराएको हो ।

Facebook Comments Box
TOP
Shares