

सिद्धनाथ मन्दिरमा नवरात्रभर बीस हजार दर्शनार्थी
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा रहेको सिद्धनाथ मन्दिरमा नवरात्रको अवधिमा बीस हजारभन्दा बढी दर्शनार्थीले दर्शन गरेका छन् । नवरात्र, गङ्गा दशहरा, पूर्णागिरि मेलामा सिद्धनाथ मन्दिरमा श्रद्धालु भक्तजनको भीड लाग्दछ ।नवरात्रमा दैनिक दुई हजारको हाराहारीमा भारतीय तीर्थयात्रीले भगवान् सिद्धनाथको दर्शन गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणसिंह महताले बताए ।
सिद्धनाथ बाबाको दर्शनका लागि पुग्नेमा अधिकांश भारतीय दर्शनार्थी रहेका छन् ।“गएको दुई वर्ष कोरोना महामारीका कारण मन्दिरमा दर्शनार्थी पुग्न सकेका थिएनन्”, उनले भने, “कुनै आम्दानी भएन तर कोरोनाको सङ्क्रमण घटेसँगै भारतीय दर्शनार्थी आउन थालेपछि मन्दिरको आम्दानी पहिलेझै हुन थालेको छ । यस वर्ष मन्दिरको आम्दानी रु ७० लाखदेखि रु ८० लाखसम्म पुग्ने अनुमान गरिएको छ ।” “कोरोनाको सङ्क्रमण घटेसँगै मन्दिरको स्वामित्वमा रहेका ६५ वटा पसलको भाडा उठन थालेको छ”, अध्यक्ष महताले भने, “प्रसादको ठेक्का मात्रै रु ५० लाख भन्दाबढी गएको छ, केही रकम मन्दिमा चढाइने भेटीबाट उठ्छ ।” भारतीय व्यापारीहरुले सीमा क्षेत्र नजिकै बसेर प्रसाद बेच्न थालेपछि प्रसादको ठेक्का लगाउने कार्यमा केही असजिलो हुन थालेको उहाँको भनाइ थियो । सङ्कलित रकममध्ये ५० प्रतिशत मन्दिरका भौतिक संरचना निर्माण, मर्मतसम्भार र कर्मचारीको तलबमा खर्च हुने गरेको छ । नगरपालिकासँग समन्वय गरी सडकलगायत पूर्वाधार विकासमा मन्दिर व्यवस्थापन समितिले रकम लगानी गर्दै आएको छ । सिद्धनाथ माध्यमिक विद्यालयका निजी स्रोतका शिक्षकको तलवका लागि केही रकम मन्दिरकै आम्दानीबाटै दिने गरिएको छ । मन्दिर परिसरमा धर्मशाला, सुलभ शौचालय, यज्ञशाला, मन्दिरलगायत संरचना निर्माण गरिएका छन् । निर्माण गरिएका संरचना मन्दिरकै आम्दानीबाट बनाइएका हुन् ।भारतमा रहेको पूर्णागिरि माताको दर्शन गरेपछि सिद्धनाथ बाबाको दर्शन गर्नुपर्ने धार्मिक मान्यताका कारण भारतीय दर्शनार्थी प्रतिवर्ष पुग्ने गरेको ब्रह्मदेवका बासिन्दा खेमराज पनेरुले बताए । “सिद्धनाथ बाबाको दर्शन गरे सबै मनोकामना पूरा हुने विश्वास छ”, उनले भने, “त्यै भएर भारतीय दर्शनार्थीको यस मन्दिरमा भीड लाग्ने गरेको छ ।”मन्दिर परिसरमा ठूलो पीपलको रुख छ । त्यसै रुख रहेको क्षेत्रमै प्राचीन सिद्धनाथ बाबाको मन्दिर रहेको छ । मन्दिर रहेकै स्थानमा ब्रह्मदेव बजार रहेको छ । बजारका मुख्य ग्राहक भारतीय हुने गरेका छन् । उक्त बजारमा भारतीय रुपैयाँमै कारोबार हुने गरेको छ ।रासस
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



