

सरकारको खुट्टी हेर्दा खासै पत्यार लागेको छैन ः पूर्ण बस्नेत
3.9kViews
294
Shares
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारको खुट्टी हेर्दा आफूलाई खासै पत्यार नलागेको बताएका छन् । सरकारको काम कारवाही सन्तोषजनक नरहेको भन्दै बस्नेतले पूर्ववर्ती सरकार र वर्तमान सरकारका काम कारबाहीमा खास फरक नरहेको भन्दै उक्त टिप्पणी गरेका हुन् ।
बस्नेतले भने, ‘एकै किसिमको घटनामा पूर्ववर्ती सरकारको व्यवहार सेलेक्टिभ हुने गथ्र्यो, अहिलेको सरकार पनि सेलेक्टिभ छ । पूर्ववर्ती सरकारले पनि विदेशी ऋण लिन्थ्यो यो सरकारले पनि लियो । यातायातको भाडा बढ्थ्यो, अहिले पनि बढ्यो । महंगी र मुल्य बृद्धि हुन्थ्यो अहिले पनि व्यापक मुल्य बृद्धि र महंगी छ ।’
झण्डै दुई तिहाईको मतादेश पाएको सरकारको कामकारबाही जनताले गम्भीरतापूर्वक नियालीरहेको भन्दै सरकारको हाउभाउ र रबैया साउथ इन्डियन मुभीजस्तो भएको उनको भनाइ छ । उनले भने, ‘युवाहरुले पक्कै पनि साउथ इन्डियन फिल्म मन पराउँछन् तर नेपालमा ब्लकबस्टर हुने भनेको पूर्णबहादुरको सारंगीजस्तो मौलिक नेपाली फिल्म नै हो । यो कुरा सरकारले गम्भीरतापूर्वक बुझ्न जरुरी छ ।’
लोकतन्त्रमा जनता बलियो र सचेत बनेमात्र सरकार जवाफदेही बन्ने उनको तर्क छ । सुशासन र विधिको शासन जनताले अनुभूत गर्ने कुरा भएको उनको भनाइ छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
सरकारद्वारा २०६२/०६३ पछिका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन
-
प्रधानमन्त्री बालेनको आह्वानमा मन्त्रिपरिषद् बैठक, समसामयिक विषयमा छलफल हुँदै
-
बोडेमा जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजन बाग श्रेष्ठले चौथोपटक निभाए परम्परा
-
लेन उल्लंघनमा सभामुख अर्यालकै गाडी कारबाहीमा, सिंहदरबारमै ट्राफिक प्रहरीको ‘एक्सन’
-
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु
नेपाल वायुसेवा निगममा तालिम प्रकरण: चलखेल प्रयास असफल, वरिष्ठताका आधारमा छनोट
१८ घण्टा अगाडि
3.0kViews 451 Shares Share on Facebook Share on Twitter काठमाडौं — नेपाल वायुसेवा निगमको अपरेसन विभागमा देखिएको विवादास्पद ‘क्रु ट्रेनिङ’…



