

आज वैशाख ०२ गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष- शैक्षिक उन्नतिका प्रशस्त अवसर प्राप्त हुनेछन् । विवाहितहरूको दाम्पत्य जीवन सुखद रहनेछ । खानपानमा विशेष ध्यान दिनुहोस् । नयाँ कामको अवसर मिल्नेछ भने शैक्षिक व्यवसायमा संलग्नहरूका लागि समय अनुकूल छ । वैदेशिक कार्यहरू सहज रूपमा अघि बढ्नेछन् र व्यापार व्यवसायमा राम्रो फाइदा हुने योग छ।
वृष- चरित्र सम्बन्धी आरोप लाग्न सक्ने भएकाले विपरीत लिङ्गीसँग दूरी राख्नु हितकर हुनेछ । टाढाको यात्रा गर्ने अवसर मिल्न सक्छ । उद्योग व्यापारमा राम्रो लाभ हुनेछ । शत्रु तथा प्रतिस्पर्धीमाथि विजय प्राप्त हुनेछ । विगतको मेहनतबाट पर्याप्त धन लाभ हुने संकेत छ ।
मिथुन- माता, पिता र सन्तानसँग मतभेद बढ्न सक्छ । अध्ययनमा अवरोध आउन सक्ने भएकाले सावधानी आवश्यक छ । आज गरिएका निर्णयले नकारात्मक असर पार्न सक्छ, त्यसैले सोच विचार गरेर निर्णय लिनुहोस् । लेनदेनमा विवादको सम्भावना छ । काममा ढिलाइ र मान सम्मानमा कमी आउन सक्छ, यद्यपि विगतको श्रमबाट केही लाभ मिल्नेछ।
कर्कट- नगद सहयोग दिनु अघि सोच्नुहोस्। बलभन्दा बुद्धिको प्रयोग गर्नु लाभदायक हुनेछ । आय व्यय सन्तुलन मध्यम रहनेछ तर खर्च बढ्न सक्छ । उपहार प्राप्त हुने योग छ । सहयोगीहरूको साथ मिल्नेछ । रोकिएका कामहरू सम्पन्न हुने र नयाँ काम सुरु गर्ने अवसर प्राप्त हुनेछ ।
सिंह- धार्मिक कार्यमा मन नलाग्न सक्छ र भाग्यले साथ नदिने संकेत छ । विश्वासघात हुन सक्ने भएकाले गोपनीयतामा सावधानी अपनाउनुहोस्। विदेश बसोबासको प्रयासमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुमधुर हुनेछ र टाढिएका जोडी बीच पुनर्मिलनको सम्भावना छ।
कन्या- घर वा सवारी साधन जोड्ने अवसर मिल्नेछ । दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ । व्यापारमा लक्ष्य अनुसार सफलता मिल्नेछ, तर काम समयमै सम्पन्न नहुन सक्छ । आत्मीय व्यक्तिसँग मनमुटाव बढ्न सक्छ र निर्णय क्षमतामा कमी देखिन सक्छ ।
तुला- हड्डी, नशा र पेट सम्बन्धी समस्या बढ्न सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोस् । गोपनीयता कायम राख्नु उचित हुनेछ । आम्दानीका अवसर बढ्नेछन् । पुराना मित्रसँग भेटघाट हुन सक्छ, तर विवादको सम्भावना पनि छ । विद्यार्थीका लागि दिन राम्रो रहनेछ र सन्तानबाट खुसी मिल्नेछ।
वृश्चिक- दाम्पत्य जीवनमा विवाद बढ्न सक्छ । घरेलु समस्याले चिन्ता बढाउन सक्छ र साथी तथा आफन्तबाट धोका हुन सक्छ । आफ्ना कमजोरी माथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लागेर विवाद हुन सक्छ । सहयोगीहरू टाढिन सक्छन्, तर प्रेम सम्बन्ध मजबुत बन्ने संकेत पनि छ।
धनु- जागिर तथा राजनीतिमा गरेका प्रयास सफल रहनेछन् । स्वादिष्ट भोजनको अवसर मिल्न सक्छ । कृषिमा कामको चाप बढेपनि आर्थिक रूपमा लाभ हुने समय छ । लगनशीलतामा कमी हुँदा आलोचना सहनुपर्ने अवस्था आउन सक्छ ।
मकर- बोलीको प्रभावले अरूलाई प्रभावित पार्दै आफ्नो काम अघि बढाउन सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अघि बढ्नेछन् । खानपानमा लापरवाही गर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । भेटघाटको अन्योलले योजना प्रभावित हुन सक्छ, त्यसैले सतर्क रहनुहोस् । सन्तानबाट खुसी मिल्नेछ।
कुम्भ- आम्दानी सीमित हुँदा आर्थिक समस्या आउन सक्छ । अनावश्यक यात्रा बढ्न सक्छ र लाभदायक यात्रा कम हुने देखिन्छ । प्रेम सम्बन्धमा उतार चढाव आउन सक्छ। पढाइमा ध्यान कम हुन सक्ने भएकाले संयम आवश्यक छ । पुरानो रोग दोहोरिन सक्छ, तर विगतको श्रमबाट धन लाभ हुनेछ।
मीन- हाड जोर्नी सम्बन्धी समस्या सताउन सक्छ । आर्थिक कारोबारमा अवरोध आउन सक्छ । धार्मिक कार्यमा रुचि कम देखिनेछ । अरूको विश्वास जित्न सफल भइनेछ । बौद्धिक कार्यमा प्रगति हुनेछ, ऊर्जा र उत्साह बढ्नेछ । पुराना समस्या समाधान हुने र व्यापार व्यवसायमा लाभ हुने योग छ।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
१३ घण्टा अगाडि
1.8kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



