

ठमेललाई २४ सै घण्टा सुरक्षित र व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने तयारी

काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई २४ सै घण्टा सुरक्षित, व्यवस्थित, पारिवारिक तथा मर्यादित ढङ्गले सञ्चालन गर्ने तयारी अघि बढाइएको छ।
ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित टोलीले बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी ठमेललाई चौबीसै घण्टा पर्यटनमैत्री गन्तव्यका रूपमा सञ्चालन गर्ने विषयमा छलफल गरेको हो। भेटमा ठमेलको रात्रिकालीन पर्यटनलाई व्यवस्थित गर्दै सुरक्षित र मर्यादित वातावरण निर्माणका लागि जिल्ला प्रशासन कार्यालय र परिषद्बीच निरन्तर सहकार्य गर्ने सहमति भएको छ।
परिषद्का महासचिव पशुपति कँडेलका अनुसार ठमेललाई चौबीसै घण्टा सञ्चालन हुने सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री केन्द्रका रूपमा विकास गर्न प्रशासन र परिषद्बीच आवश्यक समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाइनेछ।
ठमेललाई २४ सै घण्टा सञ्चालन गर्ने घोषणा यसअघि २०८१ सालमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले गर्नुभएको थियो। ठमेल पर्यटन विकास परिषद्का तत्कालीन अध्यक्ष भविश्वर शर्माको पहलमा उक्त घोषणा गरिएको थियो।
नयाँ नेतृत्वले सो घोषणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ठमेलको पर्यटन व्यवसायलाई थप व्यवस्थित र सुरक्षित बनाउने तयारी अघि बढाएको हो। यसबाट स्वदेशी तथा विदेशी पर्यटकलाई चौबीसै घण्टा सहज, सुरक्षित र मर्यादित पर्यटन सेवाको वातावरण निर्माण हुने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री
प्रतिनिधिसभाको बैठक आज, चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने
२ दिन अगाडि
1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित…





