‘Hades’ नामक च्यानलमा अपमानजनक सामग्री प्रसारण गरेको आरोप, १० दिन म्याद थपेर साइबर अपराधमा अनुसन्धान

युट्युबमार्फत प्रधानमन्त्री बालेनसहित नेतामाथि गालीगलौज गर्ने आरोपमा पाँचथरका युट्युबर पक्राउ

पाँचथर — युट्युबमार्फत प्रधानमन्त्री बालेन्द्र शाह सहित विभिन्न नेताहरूविरुद्ध अपमानजनक र गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा एक जना युट्युबर पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ निवासी रोशन पोखरेल रहेका छन्। उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार ‘Hades’ नामक युट्युब च्यानलमार्फत प्रसारित सामग्रीमा नेताहरूविरुद्ध अभद्र भाषा प्रयोग गरिएको पाइएपछि अनुसन्धान अघि बढाइएको थियो। सोही आधारमा पोखरेललाई पक्राउ गरिएको जनाइएको छ।
पक्राउपछि उनलाई जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिएका छन्।
यस घटनाले सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग र त्यसको दायित्वबारे पुनः बहस सुरु गराएको छ। प्रहरीले अनलाइन प्लेटफर्ममार्फत गरिने अपमानजनक तथा गैरकानुनी गतिविधिप्रति कडा निगरानी राख्ने जनाएको छ।

Facebook Comments Box
नेपाल वायुसेवा निगममा तालिम प्रकरण: चलखेल प्रयास असफल, वरिष्ठताका आधारमा छनोट
१८ घण्टा अगाडि

3.0kViews 451 Shares Share on Facebook Share on Twitter काठमाडौं —  नेपाल वायुसेवा निगमको अपरेसन विभागमा देखिएको विवादास्पद ‘क्रु ट्रेनिङ’…

TOP
437 Shares