

प्रेम सम्बन्धको विवाद आशंका, घटनाबारे विस्तृत अनुसन्धान जारी
वीरगन्जमा प्रहरी जवानको समूहगत कुटपिटबाट बीभत्स हत्या, चार जना पक्राउ
वीरगन्ज । पर्साको वीरगन्जमा आइतबार दिउँसो एक प्रहरी जवानको समूहगत कुटपिटबाट बीभत्स हत्या भएको छ। वीरगन्ज महानगरपालिका–९ मा भएको उक्त घटनामा सप्तरी दरबन्दी भई बिदामा घर आएका प्रहरी जवान विकास चौरसियाको मृत्यु भएको हो।
घटना सार्वजनिक भएलगत्तै पर्सा प्रहरीले तीव्र सक्रियता देखाउँदै हत्यामा संलग्न रहेको आरोपमा चार जना युवालाई नियन्त्रणमा लिएको छ।
पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकका अनुसार अपरान्हतिर केही युवाको समूहले चौरसियामाथि भारी वस्तु प्रहार गर्दै निर्घात कुटपिट गरेको सूचना प्राप्त भएको थियो। सूचना पाएलगत्तै केही मिनेटभित्रै प्रहरी टोली घटनास्थल पुगेको र गम्भीर घाइते अवस्थामा रहेका चौरसियाको उद्धार गरी अस्पताल पुर्याइएको थियो। तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीले घटनास्थलबाटै हत्यामा संलग्न रहेको आशंकामा चार जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको नाम र ठेगाना भने अनुसन्धान प्रभावित हुन सक्ने भन्दै सार्वजनिक गरिएको छैन।
प्रहरीका अनुसार घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ। प्रारम्भिक सूचनाअनुसार यो हत्याको पछाडि प्रेम सम्बन्धसँग सम्बन्धित विवाद हुन सक्ने आशंका गरिएको छ। मृतक प्रहरी जवानको एक महिलासँगको सम्बन्धलाई लिएर उत्पन्न विवादकै कारण योजनाबद्ध रूपमा हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ।
यद्यपि, घटनाको वास्तविक कारण, संलग्नता र योजनाबारे विस्तृत अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
सरकारद्वारा २०६२/०६३ पछिका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन
-
प्रधानमन्त्री बालेनको आह्वानमा मन्त्रिपरिषद् बैठक, समसामयिक विषयमा छलफल हुँदै
-
बोडेमा जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजन बाग श्रेष्ठले चौथोपटक निभाए परम्परा
-
लेन उल्लंघनमा सभामुख अर्यालकै गाडी कारबाहीमा, सिंहदरबारमै ट्राफिक प्रहरीको ‘एक्सन’
-
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु
नेपाल वायुसेवा निगममा तालिम प्रकरण: चलखेल प्रयास असफल, वरिष्ठताका आधारमा छनोट
१८ घण्टा अगाडि
3.0kViews 451 Shares Share on Facebook Share on Twitter काठमाडौं — नेपाल वायुसेवा निगमको अपरेसन विभागमा देखिएको विवादास्पद ‘क्रु ट्रेनिङ’…



