

गोकुल बास्कोटाको कटाक्ष: ‘देश लंका बनिसक्यो’, मन्त्रीहरूको सम्पत्ति विवरणप्रति व्यंग्य
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले देशको वर्तमान राजनीतिक अवस्थाप्रति व्यंग्यात्मक टिप्पणी गर्दै नेपाललाई ‘लंका’सँग तुलना गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले पछिल्ला राजनीतिक गतिविधि, मिडियामा आएका समाचार तथा सार्वजनिक चर्चामा रहेका विषयहरूलाई संकेत गर्दै सरकारमाथि कटाक्ष गरेका हुन्।
बास्कोटाले लेखेका छन्, “आजका मिडिया र सामाजिक सञ्जाल हेर्दा रमाइलो भो । देश लंका बनिसकेछ, डाँडाभरि लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पहेँलपुर तोरी फुलेछ।”
उनले थप व्यंग्य गर्दै भनेका छन्, “समृद्धि आएछ—सुशासन त्यहीँबाट आरम्भ भैहाल्छ। म झनै खुसी, किनकि जहाँ कंगाल त्यहीँ चण्डाल भन्थे, त्यो दूर भएछ।”
उनको यो अभिव्यक्तिलाई हालै सार्वजनिक भएको मन्त्रीहरूको सम्पत्ति विवरणसँग जोडेर विश्लेषण गरिएको छ। सम्पत्ति विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा देखिएको बहसकै बीच बास्कोटाले यस्तो टिप्पणी गरेका हुन्।
बास्कोटाको उक्त अभिव्यक्तिले राजनीतिक वृत्तमा फेरि बहस सिर्जना गरेको छ भने सामाजिक सञ्जालमा पनि विभिन्न प्रतिक्रिया आइरहेका छन्।
समाज
थप सामाग्री-
सरकारद्वारा २०६२/०६३ पछिका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन
-
प्रधानमन्त्री बालेनको आह्वानमा मन्त्रिपरिषद् बैठक, समसामयिक विषयमा छलफल हुँदै
-
बोडेमा जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजन बाग श्रेष्ठले चौथोपटक निभाए परम्परा
-
लेन उल्लंघनमा सभामुख अर्यालकै गाडी कारबाहीमा, सिंहदरबारमै ट्राफिक प्रहरीको ‘एक्सन’
-
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु
नेपाल वायुसेवा निगममा तालिम प्रकरण: चलखेल प्रयास असफल, वरिष्ठताका आधारमा छनोट
१८ घण्टा अगाडि
3.0kViews 451 Shares Share on Facebook Share on Twitter काठमाडौं — नेपाल वायुसेवा निगमको अपरेसन विभागमा देखिएको विवादास्पद ‘क्रु ट्रेनिङ’…



