ट्रकको ठक्करबाट घाइते ट्राफिक प्रहरी निरीक्षक अभय लामाको निधन

काठमाडौँ — घर फर्कने क्रममा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अभय लामाको निधन भएको छ।

आइतबार साँझ कार्यालयको काम सकेर तारकेश्वरको फुटुङस्थित डेरातर्फ जाँदै गर्दा उनी सवार बा.प्रा. ०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा.प्रा.०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

दुर्घटनापछि गम्भीर घाइते भएका लामाको उपचारका क्रममा मंगलबार दिउँसो बी एन्ड बी अस्पतालमा निधन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

दुर्घटनामा लामाको टाउको, अनुहार, छाती, हातखुटा लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो।

२०७२ सालमा प्रहरी जवानका रूपमा सेवा प्रवेश गरेका लामा मेहनत र प्रतिस्पर्धामार्फत क्रमशः प्रहरी सहायक निरीक्षक (असई) हुँदै प्रहरी निरीक्षक पदसम्म पुगेका थिए। हाल उनी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखा, रामशाहपथमा कार्यरत थिए।

दुर्घटनामा संलग्न ट्रक र चालक मकवानपुरको मनहरी गाउँपालिका–५ निवासी ३८ वर्षीय आइतराम मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी संगठनले एक इमानदार र कर्तव्यनिष्ठ अधिकृत गुमाएको भन्दै शोक व्यक्त गरेको छ।

Facebook Comments Box
नेपाल वायुसेवा निगममा तालिम प्रकरण: चलखेल प्रयास असफल, वरिष्ठताका आधारमा छनोट
१८ घण्टा अगाडि

3.0kViews 451 Shares Share on Facebook Share on Twitter काठमाडौं —  नेपाल वायुसेवा निगमको अपरेसन विभागमा देखिएको विवादास्पद ‘क्रु ट्रेनिङ’…

TOP
423 Shares