

स्पष्टीकरण दिन अस्वीकार गर्दै खड्का, कांग्रेसभित्र विवाद चर्कियो
काठमाडौं । नेपाली कांग्रेसभित्र विवाद थप चर्किएको छ। पार्टीका नेता तथा पूर्व सभापति पूर्णबहादुर खड्काले केन्द्रीय अनुशासन समितिले सोधेको स्पष्टीकरणको जवाफ नदिने घोषणा गरेका छन्।
बुधबार अनुशासन समितिले खड्काले पार्टीको लेटरप्याड दुरुपयोग गर्दै कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेको आरोपमा सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। तर खड्काले उक्त निर्णयलाई “हास्यास्पद, निरर्थक र अर्थहीन” भन्दै अस्वीकार गरेका छन्।
उनले अवैधानिक रूपमा बनेको कार्यसमितिले गठन गरेको संरचनाबाट स्पष्टीकरण सोधिनु नै अनुचित भएको तर्क गरेका छन्। “अवैधानिक ढंगले निर्वाचित कार्यसमितिले बनाएका संरचनाको निर्णयको कुनै अर्थ छैन,” खड्काको भनाइ छ।
कांग्रेसभित्रको विवाद विशेष महाधिवेशनपछि झन् गहिरिएको देखिन्छ। सो महाधिवेशनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति विघटन गर्दै नयाँ नेतृत्व चयन गरेको थियो। तर खड्का भने आफूलाई अझै कार्यवाहक सभापतिकै हैसियतमा राख्दै आएका छन्।
यसअघि चैत १४ गते पनि खड्काले सोही हैसियतमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउको विरोधमा विज्ञप्ति जारी गरेका थिए। त्यसलगत्तै अनुशासन समितिले चैत १८ मा नक्कली लेटरप्याड प्रयोग नगर्न चेतावनी दिएको थियो।
यद्यपि, चेतावनीको बेवास्ता गर्दै खड्काले चैत ३० गते पुनः कार्यवाहक सभापतिकै रूपमा विज्ञप्ति जारी गरेपछि कांग्रेसले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
खड्काको पछिल्लो अडानसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अझ गम्भीर बन्दै जाने संकेत देखिएको छ।
समाज
थप सामाग्री-
सरकारद्वारा २०६२/०६३ पछिका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन
-
प्रधानमन्त्री बालेनको आह्वानमा मन्त्रिपरिषद् बैठक, समसामयिक विषयमा छलफल हुँदै
-
बोडेमा जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजन बाग श्रेष्ठले चौथोपटक निभाए परम्परा
-
लेन उल्लंघनमा सभामुख अर्यालकै गाडी कारबाहीमा, सिंहदरबारमै ट्राफिक प्रहरीको ‘एक्सन’
-
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु
नेपाल वायुसेवा निगममा तालिम प्रकरण: चलखेल प्रयास असफल, वरिष्ठताका आधारमा छनोट
१३ घण्टा अगाडि
3.0kViews 451 Shares Share on Facebook Share on Twitter काठमाडौं — नेपाल वायुसेवा निगमको अपरेसन विभागमा देखिएको विवादास्पद ‘क्रु ट्रेनिङ’…



