थापाथली जग्गा विवाद : १४ वर्षदेखि नृपशमशेर राणाको परिवारलाई अन्याय गरेको आरोप, चार जनाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । आफूलाई सभ्रान्त परिवारको सदस्य बताउने चार जनाले छलकपटमार्फत थापाथलीस्थित बहुमूल्य जग्गा हडपेर नृपशमशेर राणाको परिवारलाई लामो समयदेखि कानुनी झमेलामा पारेको गम्भीर आरोप लागेको छ ।

८५ वर्षीय नृपशमशेर राणालाई झुक्याएर २०६८ असार २२ गते करिब साढे ६ करोड रुपैयाँमा जग्गा खरिद–बिक्री गरिएको दाबी छ । कानुनअनुसार ८० वर्षभन्दा माथिका व्यक्तिको सम्पत्ति कारोबारमा संरक्षक आवश्यक पर्ने प्रावधान छल्न नक्कली संरक्षक खडा गरी मालपोतमा जग्गा पास गरिएको आरोप परिवारले लगाएको छ ।

पीडित पक्षका अनुसार महाविर विल्डर्स प्रालि नामक कम्पनी खडा गरी त्यसकै चेकमार्फत कारोबार देखाएर जग्गा नियन्त्रणमा लिइएको हो । घटनामा अमर केशर सिंह, सुभासनम शाह, नवीन राउत र अमरशमशेर राणा संलग्न रहेको आरोप छ ।

उक्त प्रकरणमा चारै जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको दुई महिना भइसकेको छ भने अमर केशर सिंह र नवीन राउत पक्राउ परिसकेका छन् ।

Facebook Comments Box
नेपाल वायुसेवा निगममा तालिम प्रकरण: चलखेल प्रयास असफल, वरिष्ठताका आधारमा छनोट
१८ घण्टा अगाडि

3.0kViews 451 Shares Share on Facebook Share on Twitter काठमाडौं —  नेपाल वायुसेवा निगमको अपरेसन विभागमा देखिएको विवादास्पद ‘क्रु ट्रेनिङ’…

TOP
278 Shares