खुल्यो अवरुद्ध भीमदत्त राजमार्ग

बडादशैँको दोस्रो दिन देखिको लगातार अविरल वर्षाले अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । कैलालीको गोदावरी नगरपालिका–४  मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उक्त स्थानमा सुरक्षाकर्मी, स्थानीयवासी र सवारी चालकसमेत भएर उक्त राजमार्ग सञ्चालनमा ल्याइएको थियो ।                                       पहाडी सात जिल्ला जोड्ने सो राजमार्ग अहिले सञ्चालनमा आएपछि सवारीसाधन आवतजावत हुन लागेको उनले बताए ।रासस

Facebook Comments Box
TOP
Shares