

बलात्कार प्रयास गरेको आरोपमा इन्स्पेक्टर हिरासतमा
खानीखोला, धादिङका इन्चार्ज इन्स्पेक्टर अपूर्व ढुंगाना अहिले प्रहरीको हिरासतमा छन् । जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा उनलाई थुनामा राखिएको हो । प्रहरी प्रधान कार्यालयले खानीखोलामा इन्स्पेक्टर डबल बहादुर बमलाई काजमा खटाएको छ ।
इन्स्पेक्टर ढुंगानामाथि सहकर्मी महिला प्रहरीलाई बलात्कार प्रयास गरेको आरोप छ । इलाका प्रहरी कार्यालय खानीखोलामा कार्यरत महिला प्रहरीले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा ‘बलात्कार उद्योग’ गरेको जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् ।
पीडितले दिएको उजुरीको आधारमा ढुंगानामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्याम खत्रीले बताए । ‘इन्सपेक्टर ढुंगाना असोज १५ देखि हाम्र्रो नियन्त्रणमा छन्’ खत्रीले भने, ‘आरोपबारे अनुसन्धान गर्दैछौं ।’
असोज १५ गते राति १ बजेपछि इप्रका खानीखोलास्थित महिला प्रहरीको ब्यारेकमा आएर ढुंगानाले बलात्कार प्रयास गरेको महिला सहकर्मीको आरोप छ । सो घटना ‘रिपोर्ट’ हुनासाथ धादिङका एसपी राकेश सिंहले इन्स्पेक्टर ढुंगानालाई पक्राउ गर्न आदेश गरेका थिए ।
करणी उद्योगमा मुद्दा दर्ता भएसँगै आरोपी स्वतः निलम्बनमा परेका छन् । उनी थुनामा परेको १० दिन भएको छ । इलाका प्रहरी कार्यालय कमाण्डरबिहीन भएपछि त्यहाँ इन्स्पेक्टर बमलाई काजमा पठाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



