एसपीले छोडेका सशस्त्रका घुमुवा र वडा सदस्यसहित १५ जना जुवाडे रंगेहात पक्राउ

तुल्सिपुर २५ दाङ ।  सुरक्षा बेस  तुल्सिपुरमा निकै लामो समय बसेर तस्करीसँगको मिलोमत्तोमा  गैरकानुनी रुपमा अनेकौ धन्दा गरी बिबादमा मुछिएका सशस्त्रका घुमुवा र वडा सदस्यसहित १५ जना जुवाडेलाई रंगहात प्रहरीले पक्राउ गरेको समाचार छ । 

सशस्त्रका घुमुवा सहायक हबल्दा केसी र जवान कृष्णमान चौधरी ५ नम्बर बाहिनी मुख्यालय चन्द्रौटा तानिए पनि लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीमार्फत् भनसुन गर्न लगाई २० दिन पहिला मात्रै सशस्त्र प्रहरी बलको भालुबाङ गणमा फिर्ता हुन सफल भएका थिए ।

उनिहरुलाई सशस्त्र एसपी बिनोद केसीले पैसाको प्रलोभनमा परी तिमीहरु पुरानो मान्छे रैछौ म सबै चाजोपाजो मिलाउछु अबदेखि घोराही तुल्सिपुर सबै ठाउ हेर्नू भनी चाडबाडको मौकामा रातारात बिदा पठाए जस्तो गरी सुटुक्क घुमुवाको रुपमा कामकाज गर्न भनी पठाएईका  सशस्त्र प्रहरी जवान कृष्णमान चौधरी गएराती दंगिशरण ५ बालापुरमा जुवा खेलिरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन् भने अर्का घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार मिन बहादुर केसी भने भाग्न सफल भएका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटी गएको संयुक्त टोलिले शुक्रवार राति सशस्त्रका घुमुवा चौधरीसहित अन्य १५ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवाडेको साथबाट ५ लाख २८ हजार ३ सय ४० रूपैँया बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जुवाको खालबाट प्रकाउ पर्नेमा दंगिशरण गाउँ पालिका – ५ का वडा सदस्य कमल वली र तुलसीपुर उप महानगर पालिका – वडा नं.२ का वडा अध्यक्षका छोरा हिरा योगी समेत रहेको खुल्न आएको छ ।

Facebook Comments Box
TOP
Shares