

काभ्रेका डन अमितलामा को प्लाटिनम क्लब मा खुकुरी चल्यो
काठमाडौंको सोह्रखुट्टेमा दुईजना युवकमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट नितेश राई र छिरिङ लामा घाइते भएका छन् । घाइते हुनेहरू दरबारमार्गस्थित प्लाटिनम क्लबका बाउन्सर हुन् । मंगलबार बिहान ४ बजेतिर क्लबको ड्युटी सकेर डेरा जाँदै गरेका उनीहरूलाई मोटरसाइकल रोकेर ६–७ जनाको समूहमा आएकाहरूले आक्रमण गरेको प्रहरी वृत्त दरबारमार्गका एकजना अधिकृतले बताए ।खुकुरी प्रहारबाट नितेशको खुट्टामा गहिरो चोट लागेको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार नितेशको खुट्टाको पिँडुला नै काटिएको छ । उनीहरूको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।प्लाटिनम क्लब काभ्रेका अमित लामासहितका व्यक्तिहरुले संचालन गरेका हुन् । सो क्लबमा केही समयअघि बाउन्सरसँग झगडा गरेको आरोपमा दरबारमार्ग प्रहरीले ४ जनालाई प
क्राउ गरेको थियो । भोलिपल्ट उनीहरू मिलापत्र गरेर छुटेका थिए । सोही समूहले बाउन्सरलाई पछ्याएर आक्रमण गरेको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



