

हुण्डी को नाममा करोडौं ठगी गर्दै हिमांशु
काठमाडौं असोज २५ । जनकपुरतिर घर भएका हिमांशु भुवानीया (अग्रवाल) नामका व्यक्ति हुण्डी धन्दामा सक्रिय छन् । उनले थुप्रै व्यक्तिको हुण्डी गर्ने नाममा आफूले जिम्मा लिएको करोडौं रकम ठगी गरेको पाइएको छ ।
लिएको पैसा सम्वन्धित ठाउँमा नपुगेपछि सम्वन्धित पक्षले हिमांशुसँग सम्पर्क गर्दा उनले आफूलाई पठाएको पाटीले विश्वासघात गरेको भन्दै रकम पचाइउने उपाय खोजीरहेको पाइन्छ । यसरी थुप्रैको लाखौं, करोडौं रकम हिमांशुले ठगी गरेको गुनासो प्राप्त भएको छ ।
किर्ते कागजातका आधारमा नेपालको नागरिकता समेत लिएका हिमांशुको देखावटी व्यापार थलो इन्द्रचोकमा छ । त्यहाँ उनको सामान्य कपडा पसल सञ्चालनमा छ । नेपाल प्रहरीका केही उच्च अधिकारीको समेत नाम लिएर हुण्डी गर्ने भनेर लिएको रकम आफैँले पचाउन प्रयासमा लागेका हिमांशु पछिल्लो समय रकम बुझाउनेहरुको सम्पर्कमा समेत आउन छाडेका छन् । रकम बुझाउनेहरुको सकेसम्म फोन नउठाउने र यदाकदा उठीहालेको खण्डमा आफू प्रहरी परिसर, जावलाखेलमा भएको भन्दै त्यही बोलाउन खोजेजस्तो गर्ने तर उनले भेट गर्नका लागि नभएर रकम बुझाउने पक्षलाई आफू प्रहरी अधिकारीसँग नजिक सम्पर्कमा छु भन्ने देखाउन खोजेको जस्तो देखिन्छ । खासगरी हिमांशुले ललितपुर प्रहरी परिसरमा कार्यरत इन्स्पेक्टर सुरेश ठाकुरको नाम धेरै जसो लिने गर्छन् । हिमांशु र इन्स्पेक्टर ठाकुर फेसबुक फ्रेण्ड पनि हुन् ।
यहीबीच, इन्स्पेक्टर ठाकुरसँग सम्पर्क गर्दा आफूले हिमांशु भुवानीयालाई चिनेको बताए । हिमांशुले आफू जतिबेला पनि जावलाखेल प्रहरी कार्यालयमा इन्स्पेक्टर सुरेश ठाकुरको कार्यकक्षमा रहेको बताउने गरेको सन्दर्भमा जिज्ञांसा राख्दा इन्सपेक्टर ठाकुरको भनाइँ थियो, ‘जनकपुरमा हुँदा चिन्या हुँ, सामान्य चिनजान मात्र हो । उ यहाँ मेरो कार्यालयमा खासै आउँदैन ।’
इन्सपेक्टर ठाकुरले हिमांशुसँग आफ्नो नाम जोडीएको सन्दर्भलाई लिएर जिज्ञांसा राखे, ‘कुन सन्दर्भमा सोधेको ?’
ठाकुरको मात्रै होइन, हुण्डीवाल हिमांशु भुवानीया (अग्रवाल)ले अरु पनि प्रहरीका अधिकारीको नाम लिने गर्छन् । त्यस मध्ये एक एआईजीसँग त आफ्नो निकै राम्रो उठबस रहेको बताउन उनी पछि पर्दैनन् । तर, यस बारेमा ती एआईजीसँग सम्पर्क गर्दा उनले ‘सामान्य देखभेट भएको हुन सक्न’े बताए । ‘उसले के गर्दाेरहेछ, यदी मेरो नाम बेचेको छ भने कारवाही गर्छु ।’
यसै विषयमा हुण्डी धन्दामा संलग्न रहेको आरोप लागेका हिमांशु भुवानीयाकै मोवाइलमा सम्पर्क गर्न खोज्दा आफू हिंमाशु नभएर सन्तोष साह भएको बताउँदै कुराकानी गर्न चाहेनन् ।
इन्द्रचोकमा कपडा पसल देखाएर हुण्डी धन्दा गर्ने र हुण्डी गर्ने नाममा बुझेको रकम पचाउने नियत पालेका हिमांशुको यस्तै यस्तै धन्दा अब कहिलेसम्म चल्ला ? रकम बुझाएर हिस्स परीरहेकाहरुको रकम फिर्ता होला वा सम्वन्धित ठाउँमा पुग्ला ? समयले देखाउने छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



