

काठमाडौँमा कागजका बण्डल देखाएर ठगी गर्ने गिरोहका ६ जना पक्राउ
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले कागजका टुक्रालाई पैसाको बण्डल जस्तो बनाएर सर्वसाधारणलाई ठगी गर्दै आएको गिरोहका ६ जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उदयपुर, चितवन र रौतहट घर भई काठमाडौँ तथा तराईका विभिन्न स्थानमा बस्दै आएका उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा उदयपुरको ताप्ली गाउँपालिका–३ घर भई हाल दक्षिणकाली बस्ने २६ वर्षीय योग बहादुर तामाङ, सोही स्थानका ३८ वर्षीय मिलन कुमार तामाङ र ३६ वर्षीय भविन्द्र कुमार तामाङ रहेका छन्।
त्यस्तै, चितवन रत्ननगर–५ का ३४ वर्षीय प्रबिन महत्तो, रौतहट गुजरा–१ का २८ वर्षीय मुना धामी र चितवन कालिका–५ का ३८ वर्षीय सत्य नारायण चौधरी पनि पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार गिरोहले योजनाबद्ध रूपमा कागजका बिटोहरूलाई पैसाको बण्डल जस्तो देखाएर मानिसहरूलाई झुक्याई ठगी गर्ने गरेको पाइएको छ।
एसएसपी खड्काले भने, “विशेष सूचनाका आधारमा गरिएको अपरेसनमा ६ जनालाई नियन्त्रणमा लिन सफल भएका छौँ। उनीहरूले कागजका बण्डल देखाएर सर्वसाधारणलाई आर्थिक रूपमा ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। थप अनुसन्धान जारी छ।”
प्रहरीले उनीहरूको साथबाट ठगीमा प्रयोग गरिएका विभिन्न सामग्रीहरू समेत बरामद गरेको छ। बरामद सामग्रीमा दुई वटा झोलामा राखिएका करिब ४० बण्डल कागजका टुक्रा, बा.प्र.०१–०३२ च ७३१२ नम्बरको ईभी मिनी हायस गाडी र बा ४७ प ५४११ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल रहेका छन्।
पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२४ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



