

हट्ने भए जोखिमपूर्ण विद्युत् क्याबिनेट
मानिसको ज्यान नै खतरामा पर्ने गरी सडकपेटीमा राखिएका विद्युत्का क्याबिनेट हटाइने भएको छ । ती क्याबिनेट हटाउन नेपाल विद्युत् प्राधिकरणले नयाँ डिजाइन गरेको छ । काठमाडौँ उपत्यकामा विद्युत्का तार भूमिगत गर्दा पैदल यात्रीको अधिकार क्षेत्रका सडकपेटीमा बनाइएका क्याबिनेट जोखिमपूर्ण छन् । नेपाल विद्युत् प्राधिकरणले ‘खतरायुक्त’ सङ्केतसहित उच्च भोल्टका क्याबिनेट राख्दा पैदल यात्रीको जीवन जोखिममा पर्दै आएको हो । बाटोघाटोमा निर्बाध र निस्फिक्री साथ हिँडडुल गर्न नपाउनुका साथै पैदल यात्रीलाई पर्खाल र क्याबिनेटको बीचमा च्यापिएर हिँड्नुपर्ने अवस्था छ । विद्युत् प्राधिकरणले सडकपेटीमा क्याबिनेट राखेको सम्बन्धमा गोरखापत्रले असोज ११ गते ‘फुटपाथमा ज्यानैको खतरा’ शीर्षकमा समाचार र असोज १२ गते ‘सडकपेटीमा जोखिम’ भन्ने शीर्षकमा सम्पादकीय प्रकाशन गरेको थियो ।
प्राधिकरणले अहिलेसम्म काठमाडौँ उपत्यकाभर तीन हजार सात सय क्याबिनेट जडान गरेको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले अहिले सडकपेटीमा राखिएका क्याबिनेट हटाउन नयाँ इन्जिनियरिङ रि–डिजाइन गरिसकिएको बताए। उनले भने, “नयाँ डिजाइनअनुसार अहिले राखिएका क्याबिनेटलाई हटाएर नयाँ पातलो तथा विद्युत् सर्ट हुन नसक्ने खालको बक्स राखिनेछ ।” सडकपेटीमा नयाँ डिजाइनअनुसारको क्याबिनेट राखेपछि फुटपाथमा हिँडडुल गर्ने सर्वसाधारणलाई कुनै अप्ठ्यारो वा खतरा नहुने उनको दाबी छ । प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा एयरपोर्ट, टोखा, गोंगबु, चाबहिल, धोबीखोला, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, जोरपाटी, बालुवाटार, बूढानीलकण्ठ, महाराजगञ्ज, रत्नपार्क, नयाँ सडक र अनामनगर क्षेत्रको सडकपेटीमा क्याबिनेट राखेको छ । यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



